FLASH NEWS
  • Loading...

‘घर त मेरो म्याग्दी पुलाचौर’ म्युजिक भिडियो सार्वजनिक

  • पुनहिल डट कम
  • २ महिना अघि
  • ८९८ पटक पढिएको
‘घर त मेरो म्याग्दी पुलाचौर’ म्युजिक भिडियो सार्वजनिक

म्याग्दीका दोहोरी गायक जीवन कुँवरको  ‘घर त मेरो म्याग्दी पुलाचौर’ पञ्चे बाजामा आधारित लोक दोहोरी गीत सार्वजनिक भएको छ ।

दोहोरी गायक ध्रुब जिसीले निर्देशन, किरण कार्की र दिप्सन खड्काले छायाँकन गरेकाे ‘घर त मेरो म्याग्दी पुलाचौर’ पञ्चेबाजा गीतको म्युजिक भिडियो राजकुमार परियार र रिया मगरले अभिनय गरेका छन् ।

गायक कुँवरको शब्द,लय र स्वर रहेकोे नयाँ गीतको म्युजिक भिडियो कुँवरको आफ्नै युटुव च्यानलबाट सार्वजनिक भएको हो । गीतमा कुँवर संगै पवित्रा थापाको पनि स्वर रहेको छ ।

भिडियोमा समेत जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरुलाई समेटिएको छ ।