- Loading...
सार्वजनिक यातायात: ‘न स्यानिटाइजर न दूरी, भाडा मात्र बढी’
- पुनहिल डट कम
- ४ साल अघि
- १४६ पटक पढिएको

कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायमै रहँदा खुलेका सार्वजनिक यातायातमा आवतजावत गर्न जोखिमपूर्ण बनेको छ ।यस्ता साधनमा स्यानिटाइजर नराखिँदा तथा दूरी कायम नगरिँदा जोखिम बढेको जनाइएको छ । सवारी साधनमा भाडामात्र बढीको रहेको छ ।
यातायात व्यवस्था विभागले तयार पारेको मापदण्डमा दुईजना बस्ने गरेको एक लहरमा एकजना बस्ने, सवारीमा अनिवार्य रुपमा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने प्रावधानको व्यवस्था गरे पनि व्यवहारमा कार्यान्वयन हुन सकेको छैन ।
अनुगमन समेत नहुँदा यातायात व्यवसायीलाई ‘जे गरे पनि हुन्छ’ भन्ने भान परेको यात्रु प्रेमबहादुर थापाले बताए । “सार्वजनिक यातायातले पालना गर्नुपर्ने दूरी कायम गरेर क्षमताको ५० प्रतिशतमात्र यात्रु राख्ने र स्यानिटाइजरको व्यवस्था कार्यान्वयन भएन, पहिलेको भाडामा ५० प्रतिशत थपेर भाडा लिन पाउने नियममा भने बढाएर सके जति लिने गरेका छन्”, थापाले गुनासो गरे ।
बेनी–दरवाङ, बेनी–गलेश्वर र बेनी–बाग्लुङ समेत सवै मुख्य सडकमा प्रतिकिलोमिटर ७ रुपैयाँ र अन्य ग्रामिण सडकमा प्रति किमी १० रुपैयाँ भाडा तोकिएको छ । तर यहाँ ब्यवसायीले तीन गुणाबढी प्रति किलोमिटर २० रुपैयाँबढी असुली गरिरहेका छन । बेनी–गलेश्वर ३ किमी सडक खण्डमा यात्रुले ५० रुपैयाँ भाडा तिर्न बाध्य छन । सार्वजनिक यातायातमा न स्यानिटाईजर, न सामाजिक दुरी उल्टो सिमीत गाडीलाई मात्र महंगो भाडा असुलि गरिरहेका छन ।
विभागका महानिर्देशक गोगनबहादुर हमालले तोकेबमोजिम भए÷नभएको अनुगमन गर्ने जिम्मेवारी ट्राफिक प्रहरीलाई दिइएको दिएको बताउँछन । तर ट्राफिक प्रहरी सवारी साधनमा कोरोना सावधानीका उपाय नियमन त परको कुरा हाकाहाकी यात्रु माथी ठगी हुँदा रमिते बनेर हेर्ने गरेको छ । यी नै गाडीका चालक र मालिकहरु ट्राफिकका साथीबढी छन ।
नागरिक कोरोनाको जोखिम मोलेर बढी भाडा तिरी यात्रा गर्न बाध्य हुँदासमेत जनताको घर आँगनमा पुगेको भनिएको स्थानीय सरकार चुँक्कसम्म नबोलेको यात्रुको गुनासो छ । कतिपय जनप्रतिनिधीको त सार्वजनिक सवारी ब्यवसायी नै हुन । उनीहरु सार्वजनिक यातायातमा भाडा नियमनमा चासो राख्न नचाहेको स्थानियको गुनासो छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
