- Loading...
अबदेखि आइपीओ आवेदन गर्दा ‘पिन कोड’ चाहिने, कसरी लिने ?
- पुनहिल डट कम
- ४ साल अघि
- ४१७ पटक पढिएको

सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सार्वजनिक निश्कासनको आवेदन दिंदा ‘ओटीपी'(वान टाइम पासवर्ड)को सट्टा ‘पिन कोड’को व्यवस्था गरेको छ ।
‘मेरो सेयर’ पोर्टलमा रहेको माइ आस्वामार्फत सार्वजनिक निष्कासन भएका धितोपत्र खरिद आवेदन प्रविष्ट गर्दा ओटीपीलाई प्रतिस्थापन गर्दै पिन (पर्सनल आइडिन्टिफिकेसन नम्बर)को व्यवस्था गरिएको सिडिएससीले जानकारी दिएको छ ।
‘मेरो सेयर’मा पहिलो पटक लगइन गर्दा अनिवार्य फोर डिजिटको ‘पिन कोड’ सेट गर्नुपर्ने सिडिएससीको भनाइ छ । ‘मेरो सेयर’ प्रयोगकर्ताले अब उप्रान्त सार्वजनिक निष्कासन भएका धितोपत्रको खरिदका लागि आवेदन दिंदा अनिवार्य ‘पिन कोड’ प्रयोग गर्नुपर्ने सिडिएससीले जनाएको छ ।
नयाँ तथा पुराना प्रयोगकर्ताहरुले ‘मेरो सेयर’ पोर्टल खोल्ने बित्तिकै ‘पिन कोड’ सेट गर्नका लागि अनुरोध आउने सिडिएससीका प्रवक्ता सुरेश न्यौपानले जानकारी दिए ।
‘ओटीपीभन्दा पिन कोड सुरक्षित हुने भएकाले नयाँ व्यवस्था गरेका हौं’,उनले बिजशालासँग भने-‘ओटीपीले सिस्टममा समेत अनावश्यक भार परेका कारण हामीले पिन कोडको नयाँ व्यवस्था सुरु गरेका हौं।’
पिन कोड पनि एक निश्चित समयपछि (१८० दिनपछि) परिवर्तन गर्नुपर्ने उनको भनाइ छ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
