FLASH NEWS
  • Loading...

सहकारीको स्थापना दिवसका अवसरमा बेनीको विपद् कोषलाई ५० हजार सहयोग

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ८७ पटक पढिएको
सहकारीको स्थापना दिवसका अवसरमा बेनीको विपद् कोषलाई ५० हजार सहयोग

फोटो सौजन्य : राजेश शाक्य

बेनी बजारको संगमचोकमा रहेको कस्तुरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले बेनी नगरपालिकाले स्थापना गरेको नगर विपद् व्यवस्थापन कोषमा ५० हजार रुपियाँ सहयोग गरेको छ ।

सहकारीको १२ स्थापना दिवसका अवसरमा आइतबार सहकारीका अध्यक्ष राजेश शाक्य,सचिव विनय श्रेष्ठ लगायतका पदाधिकारीहरुले मेयर हरिकुमार श्रेष्ठ,उपमेयर सञ्जु बरुवाल र प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीलाई नगद हस्तान्तरण गरेका हुन ।

सहकारीको सामाजिक दायित्व अन्तर्गत बेनी नगरपालिका भित्र रहेका बाढीपहिरो पीडितहरुलाई राहत उपलब्ध गराउन रकम सहयोग गरिएको संस्थाका अध्यक्ष शाक्यले बताए । संस्थाबाट ४१ हजार पाँचसय,प्रबन्धक लोकेश पुनमगरको ३५००,लेखापालका २०००,सहलेखापाल १५००,बजार प्रतिनिधि १००० र सुरक्षा गार्डबाट ५०० गरी पचास हजार रुपैयाँ सहयोग गरिएको हो ।