- Loading...
शपथ लिँदै वामदेवले भने : जनताप्रति वफादार बन्छु, संसदको गरिमा गिराउँदिन
- पुनहिल डट कम
- ४ साल अघि
- १५२ पटक पढिएको
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्य भएका छन्।
राष्ट्रपति विद्या भण्डारीबाट बिहीबारै मनोनित भएका गौतमले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिम्सिनाबाट सपथ लिएका हुन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गएको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई आजै राष्ट्रियसभा सदस्यमा मनोनित गरेकी थिइन्। राष्ट्रियसभा सदस्यमा सिफारिस भएपछि गौतमले आज अपरान्ह राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाबाट शपथ लिएका राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले जानकारी दिए।
गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।राष्ट्रियसभा सदस्यको सपथ लिएपछि नेता गौतमले आफूले संसदको गरिमा नघटाउने बताएका छन्। उनले राष्ट्र र जनताप्रति बफादार बनेर काम गर्ने पनि वाचा गरेका छन्।
‘जनता राष्ट्रियताप्रति वफादार हुन्छ’, उनले भने, ‘राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने काम गर्ने छैन।’ नेता गौतमले संसदमा प्रवेश गरेपछि अबको आफ्नो लक्ष्य पार्टी र देशलाई समाजवादतर्फ लैजाने हुने पनि बताए। ‘पार्टीले लिएको समाजवादमा पुग्ने लक्ष्यतर्फ अघि बढ्न भूमिका खेल्छु’, उनले भने। वामदेवले सपथ लिने कार्यक्रममा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, झलनाथ खनाल, माधव नेपाल पनि उपस्थित थिए। सपथ समारोहमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि उपस्थित थिए।