FLASH NEWS
  • Loading...

वेपत्तालाई ‘मृतक’ सरह मानेर पहिरो पीडितलाई राहत

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १४७ पटक पढिएको
वेपत्तालाई ‘मृतक’ सरह मानेर पहिरो पीडितलाई राहत

फोटो सौजन्य : किरण कुँवर, प्रमुख, जिल्ला प्रहरी कार्यालय, म्याग्दी

जिल्ला प्रशासन यकार्यालयले धौलागिरी र मालिका गाउँपालिकामा दुई महिना अघि बाढीपहिरोमा परि वेपत्तालाई तीन जनालाई ‘मृतक’ सरह मानेर परिवारलाई ‘वेपत्ता ब्यक्ति जीवित भेटिएमा राहत रकम फिर्ता गर्ने र नभेटिए दावी नगर्ने’ सर्तमा मृतक सरह राहत उपलब्ध गराएको छ ।
दुई महिना अघि असार २६ गते परेको भीषण वर्षापछि आएको पहिरोमा परि ज्यान गुमाएका धौलागिरी गाउँपालिका, ६ मराङ र मालिका गाउँपालिका, ७ विमका पहिरोमा १४ परिवारका ३१ जनाको ज्यान गएको थियो ।
विपत पीडित उद्धार र राहत सम्बन्धी निर्देशिका ०७७ अनुसार सोमबार एक कार्यक्रम विच गृह मन्त्रालयले एक जना मृतकको परिवारलाई दुई लाख र एकै परिवारमा एक जनाभन्दाबढी मृतक भए प्रति मृतक थप एक लाख दरले प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले पीडितलाई राहत हस्तान्त्रण गरेका हुन ।
पहिरोमा आफन्त गुमाएका १४ मध्य १२ परिवारलाई ३५ लाख नगद राहत हस्तान्त्रण गरिएको हो । राहत लिन पहिरोमा आफन्त गुमाएका पीडितका नातेदारहरु घट्नास्थलबाट एक दिनको बाटो हिँडेर मालिका गाउँपालिका केन्द्र दरवाङ झरेका थिए ।
पहिरामा परिवारका ४ जना सदस्य गुमाएकी जसमति श्रीर्पाली, रिखमा परिवारका ४ सदस्य गुमाएका भीमप्रसाद जुग्जालीलाई ५–५ लाख राहत उपलब्ध गराईएको थियो । एकै परिवारका ३ सदस्य गुमाएका आफन्तलाई चार लाख, दुई सदस्य गुमाएका परिवारका आफन्तलाइ तीन लाख र एक सदस्य गुमाएको परिवारलाई २ लाख राहत उपलब्ध गराईएको हो । नगद राहत बुझेपछि सवैलाई दरवाङमा उपलब्ध प्रभु र गरिमा बैंकमा खाता खोल्न लगाई वैंकमा पैसा जम्मा गर्न लगाईएको थियो ।
मालिका गाउँपालिका, ७ विमका विरबहादुर नेपालीको सवै चार जनाको परिवार पहिरोमा पुरिएर मृत्यु भएको हुँदा राहत बुझ्ने हकवाला नरहेकोले फिर्ता भएको छ । अर्को श्रीमति समेत चार सदस्य गुमाएका एक ब्यक्ति हाल विदेश रहेकोले राहत पछि बुझाउने गरी प्रशासन कार्यालयमा राखिएको छ ।
‘पहिरोमा आफन्त गुमाएका पीडित परिवार अझै अस्थाई पाल र टहरामा हुनुहुन्छ । नगद राहत रकमले असुरक्षाको जोखिम रहने भएकोले उहाँहरु सवैलाई सवैभन्दा नजिक बैंकको सुविधा भएको स्थानमा बोलाई राहत हस्तान्त्रण गरेका हौं’ प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले भने, ‘वेपत्ता ब्यक्तिलाई मृतक सरह मानी सर्तसहित आफन्तलाई राहत दिएका छौं । एउटा परिवारको हकवाला नै कोही रहेनछन, अर्को परिवारका नजिकको हकवाला तत्काल उपलब्ध नहुनु भएकोले पछि हस्तान्त्रण गरिने छ ।’
पहिरोमा ज्यान गुमाएका परिवारलाई धौलागिरी गाउँपालिकाले प्रति परिवार १० हजारका दरले र मालिका गाउँपालिकाले प्रतिपरिवार २५ हजारका दरले छुट्टै किरिया खर्च उपलब्ध गराएको ति गाउँपालिकाहरुले जनाएका छन ।