FLASH NEWS
  • Loading...

सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ११९ पटक पढिएको
सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प

बुधबार सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रविन्दु बनाएर ६.० रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकी प्रमुख मोनिका झाका अनुसार बुधबार बिहान ५ बजेर १९ मिनेट जाँदा सिन्धुपाल्चोको राम्चे केन्द्रविन्दु भूकम्प गएको हो ।

सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर भूकम्प गए पनि काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा यसको धक्का महसुस गरिएको थियो ।  भूकम्पको धक्का महसुस भएपछि मानिसहरु सडकमा निस्किएका थिए ।

राष्ट्रिय भूकम्प केन्द्रका अनुसार यो २०७२ सालको गोरखा भूकम्पकै पराकम्प हो । भूकम्पबाट के कति क्षति भयो भन्ने जानकारी भने प्राप्त भएको छैन ।

यसअघि भदौ २६ गते नेपाल-भारत सीमानजिक केन्द्रविन्दु बनाएर ५ रेक्टरस्केलको भुकम्प गएको थियो ।