FLASH NEWS
  • Loading...

लकडाउनमा मेला लगाउनेलाई तीन दिन कैद, सय रुपैयाँ जरिवाना

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ८५ पटक पढिएको
Post Thumbnail

लकडाउनको उल्लङ्घन गरी भलिवल प्रतियोगिता समेत मेला आयोजना गरेको अभियोगमा जिल्ला प्रशासन कार्यालयले धौलागिरी गाउँपालिका, ७ ताकम स्थित सफल टोल सुधार क्लवका पदाधिकारीलाई कैद र जरिवाना गरेको छ ।
प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीको आदेशले क्लवका अध्यक्ष सुमन केसी (२२), किरण गुरुङ (२६) र दिनेश केसी (१९)लाई संक्रामण ऐन २०२० को दफा २ को उपदफा १ बमोजिम जनही ३ दिन कैद र १ सय रुपैया जरिवाना गरेको हो । क्लवले भदौ २६–२८ गतेसम्म स्थानीय ताकम माविको आगनमा भलिवल प्रतियोगिता समेत मेला आयोजना गरेको थियो ।
पक्राउ परेका तीन जनाले नै प्रतिब्यक्ति कैद सँजायको दैनिक तीन सय रुपैयाँको दरले ९ सय र १ सय जरिवानासमेत एकमुष्ठ एक हजारका दुरले जरिवाना बुझाएर आईतवार नै रिहा भएका छन ।
विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाईरसको संभावित संक्रमण रोकथाम तथा नियन्त्रणमा अनिवार्य पालना गर्नु पर्ने सुरक्षाका साधन तथा उपायसमेत वेवास्ता गरी मेला आयोजना गरेको समाचार सार्वजनिक भएपछि प्रहरीले आयोजकलाई मंगलवार पक्राउ गरी कारवाहीकालागी प्रशासन कार्यालयमा पेश गरेको थियो ।