- Loading...
दुई दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
- पुनहिल डट कम
- ४ साल अघि
- १५५ पटक पढिएको
आज पनि देशका केही स्थानमा भारी वर्षाका साथै चट्याङ पर्ने सम्भावना रहेको मौस पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश-१, बागमती, गण्डकी प्रदेश र प्रदेश-५ का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
त्यस्तै राति प्रदेश-१, प्रदेश-२, बागमती प्रदेश र प्रदेश-४ का एक/दुई स्थानमा भारी वर्षा हुन सक्ने छ । भोलि पनि प्रदेश-१, बागमती, गण्डकी प्रदेश र प्रदेश-५ केही स्थानमा भारी वर्षाको सम्भावना छ ।
आगामी २४ घण्टामा प्रदेश-१, प्रदेश-२, बागमती, गण्डकी प्रदेश र प्रदेश-५ का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जान सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले अनरोध गरेका छन् ।
हाल मनसुनको न्यून चापीय रेखा औसतभन्दा माथि र नेपालभन्दा दक्षिणतर्फ अवस्थित छ । साथै पश्चिम बंगाल नजिक न्यून चापिय क्षेत्रको पनि विकास भएको महाशाखाद्वारा जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख गरिएको छ ।
मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)
(जारी मितिः २०७७-०५-२७, बिहान ०६:०० बजे)
मौसम विश्लेषण (Meteorological Analysis):-
भाद्र २७ गते (शनिबार)
हाल मनसुनको न्युन चापीय रेखा औसत भन्दा माथि र नेपाल भन्दा दक्षिण तर्फ अवस्थित छ। साथै पश्चिम बंगाल नजिक न्युन चापिय क्षेत्रको पनि विकास भएको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):
प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।