- Loading...
मलेसियामा नेपाली युवालाई मृत्यदण्डको फैसला
- पुनहिल डट कम
- ४ साल अघि
- १११ पटक पढिएको
मलेसियामा एक नेपाली युवालाई मृत्युदण्डको फैसला सुनाइएको छ । चार वर्षअघि एक लरी चालक नेपाली नागरिककै हत्या गरेको अभियोगमा ३६ वर्षीय नेपाली युवा सुरजदेव शाह तेलीलाई उच्च अदालतले दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको हो ।
क्वालालम्पुरस्थित नेपाली दूतावासका जेल अधिकृत द्वितीय सचिव प्रतिक कार्कीका अनुसार उनलाई मलेसियन पिनल कोडको दफा ३०२ अन्तर्गत गएको १७ अगष्टमा मृत्युदण्डको फैसला सुनाइएको थियो । उनलाई उच्च अदालतका न्यायाधीश दातुक मोहम्मद रज्जी हारुनले घटनामा दोषी ठहर्याउँदै मृत्युदण्डको सजाय सुनाएका हुन् ।
तेलीलाई सन् २०१६, डिसेम्वर २ तारिखका दिन विहान १ः३० देखि ४ बजेर ५ मिनेटको बीचमा ३४ वर्षीय हरिथास नाम गरेका नेपाली युवाको हत्या गरेको अभियोग लगाइएको थियो । नेपाली राजदूतावासका तर्फबाट भारतीय मुलकी अधिवक्ता करनजीत कौरले तेलीका तर्फबाट मुद्दा लडेकी थिइन् । dcnepal.com