FLASH NEWS
  • Loading...

बाढीले झोलुङ्गे वगाएपछि एक महिनादेखी कुईने–मंगलका वस्ती विच्छेद

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १०६ पटक पढिएको
Post Thumbnail

धौलागिरी हिमालबाट झर्ने रहुघाट खोलाले रघुगंगा गाउँपालिका, ८ कुईनेमंगलेका विभिन्न वस्ती जोड्ने चार वटा झोलुङे पुल बगाउँदा एक महिनादेखी वस्तीहरु विच्छेद भएका छन । झोलुङगे पुल भत्केपछि स्थानीय जोखिमपूर्ण पड्केको भरमा खोलावार पार गर्ने गरेका छन ।
वडाध्यक्ष गमन छन्त्यालका अनुसार साउन यता मात्र दुवाडी र ढाँड जोड्ने बन्दीघाटको ७८ मिटर लामो झोलुङ्गे, खरिवोट–ढाँडखर्क जोड्ने १ सय १८ मिटर लामो स्टील डेक रहेको झोपु बाढीले बगाएका हो । त्यस्तै एकराते–पात्लेखर्क जोड्ने ६० मिटर लामो झोपु, भाकर–पात्लेखर्क जोड्ने झोपु, र घ्यासखर्क–छरी जोड्ने झोपुको एकापट्टीको फाउण्डेसन भत्केको छ ।
वस्ती जोड्ने झोलुङे पुल बाढीले बगाएपछि स्थानीय घुमाउरो बाटो प्रयोग गर्ने, जोखिम मोलेर जंघार तर्ने र साँघुरो घाँटी परेको स्थानमा फड्के राखेर वारपार गर्ने गरेका छन । तर पशुचौपायालाई भने वल्लोपल्लो वस्ती र चरन क्षेत्रमा लैजान समस्या हुने गरेको छ । बाढीले बस्तीका झोलुङ्ग मात्र होईन माथी चरन क्षेत्रमा खोलामा रहेका फड्केहरु पनि बगाएकोले गोठ गएका घर फर्कन र घरबाट खर्च लिएर गोठ जान समस्या भएको स्थानीयले बताएका छन ।
भौगोलिक रुपमा अति दुर्गम रघुगंगा गाउँपालिका, ८ कुईनेमंगलेका बस्तीमा साउन यता पटक–पटक आएको बाढीले दुवारी, पात्लेखर्क, छरी, चौरखानीका ५ घर पुरिएका थिए । बाढी र पहिरोको उच्च जोखिममा रहेका थप २१ घर विस्थापित भएको वडा कार्यालयले जनाएको छ ।
‘बाढीपहिरोमा परी घर पुरिएका र विस्थापित हरुलाई सुरक्षित स्थानका वसाई सराई पछि खाली खरमा पुर्‍याएर राखेका छौं’ वडाध्यक्ष गमन छन्त्यालले भने, ‘चौरखानी वस्तीका ५२ घरमध्य १५ घरले पहिरोको डरले वस्ती छोडे, रहेका ३७ घर पनि उच्च जोखिममा रहेका छन । चौरखानीको पहिरो अहिले बढी बग्यो तर सुरु भएको पहिल्लै हो । रोकथाम प्रयास सफल भएको छैन ।’
चौरखानीका ३७ घरलाई सुरक्षित स्थानमा स्थानन्त्रण गर्ने योजना छ तर उपयुक्त सुरक्षित जग्गा पहिचान नभएकोले स्थाननत्रण गर्न नसकिएको हो । कुईने मंगले रिखार धार्मिक स्थल र धौलागिरी सेन्चुरी तथा धौलागिरी आईसफल ट्रेकमा पर्ने अन्तिम बस्ती हुन ।