- दरवाङकाे अाँखा शिविरमा ७४ जनाकाे मेतियाविन्दु शल्यक्रिया |
- बरुवाल दम्पत्तिले गरे मुक्तिमार्ग मावि अक्षय कोषमा रकम हस्तान्त्रण |
- अन्नपूर्ण प्रथम आरोहणकाे ७५ वर्ष पुरा, हिरक महोत्सव मनाईदै |
- मनसुन के हाे ? कहिले शुरू हुन्छ ? सुरक्षा तयारी के छ ? |
- उ बेलाकाे म्याग्दी, सूचना प्रविधी र म्याग्दी क्याम्पस |
आगोलागीबाट १३ लाख क्षति
- पुनहिल डट कम
- ६ साल अघि
- ५२९ पटक पढिएको

बेनी नगरपालिका, ८ बेनीबजारको न्यूरोड स्थित मिलन विकको घरमा आगोलागीहुँदा अनुमानित १२ लाख ८५ हजारबराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ ।
शुक्रवार विहान ८ बजे चार तल्ले घरको छतमा रहेको ब्लक र जस्ता पाताले छाएका किचनसहित वेड रुममा आगोलागीहुँदा घरधनी विकको लत्ताकपडा, गहना, नगदसहित महत्वपूर्ण कागजात पूर्णरुपमा जलेर नष्ट भएको हो ।

राष्ट्रिय बाणिज्य बैंक र धौलागिरी वचत तथा ऋण सहकारीसँग जोडिएको घरधनी विकका अनुसार आगोलागीबाट नगद २ लाख ७० हजारसहित गरगहना, लत्ताकपडा र भाँडाकुँडा जलेर नष्ट भएको छ । प्रहरीले १२ लाख ८५ हजार बराबरको क्षति पुगेको आँकडा संकलन गरेको छ ।
जिल्ला प्रहरी प्रमुख वीरबहादुर बुढाका अनुसार भान्सा कोठाबाट विधुत सर्ट भै आगोलागी भएको प्रारम्भीक अनुमान छ । परिवार बेड रुममा रहेको बेला घरको छतबाट आगोको मुस्लो निक्लेको बल्न घरबेटीले बल्न थाहा पाएका थिए । दमकल, प्रहरी, शसस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रण गरिएको हो ।