FLASH NEWS
  • Loading...

नेकपाद्धारा दानाफगामका पहिरो पीडितलाई राहत वितरण

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १०१ पटक पढिएको
नेकपाद्धारा दानाफगामका पहिरो पीडितलाई राहत वितरण

फोटो सौजन्य : हरीकृष्ण श्रेष्ठ, सचिव नेकपा म्याग्दी

नेकपा म्याग्दीले अन्नपूर्ण गाउँपालिका, ३ फगामका पहिरो पीडितलाई आर्थिक सहयोग गरेको छ ।

बाढीपहिरो प्रभावितकालागी सहयोग गर्न पार्टीले नेता कार्यकर्ताबाट आर्थिक सहयोग जुटाई स्थापना गरेको राहत कोषबाट फगामका २२ घरपरिवारलाई रु ४ हजारका दरले ८८ हजार राहत उपलब्ध गराईएको नेकपा का सचिव हरीकृष्ण श्रेष्ठले बताए ।

नेकपाका केन्द्रीय सदस्य एवं प्रतिनिधी सभा सदस्य भुपेन्द्रबहादुर थापा नेतृत्वमा गण्डकी प्रदेश सभा सदस्य, जिल्ला समवन्य समितिका प्रमुख  देवेन्द्र केसी, जिल्ला सचिव हरीकृष्ण श्रेष्ठ, अन्नपूर्ण गापा कमिटिका अध्यक्ष खड्ग गिरीसमेतसमेत नेकपाका नेता कार्यकर्ता शुक्रवार पहिरो पीडितलाई भेटेर आर्थिक सहयोग गरेका हुन ।

यस अघि नेपाली काँग्रेसका नेता कार्यकर्ता पनि पहिरो प्रभावित क्षेत्रमा पुगेर पीडितलाई राहत सामाग्री सहयोग गरेको थियो ।