नगरपालिकाले सार्वजनिक गरेको विवरणमा क्वारेन्टाइन खाना खर्च मात्र १३ लाख ५८ हजार ७ सय ९८ रुपैयाँ खर्च भएको छ । विदेशबाट आई क्वारेन्टाइनमा बसेका नगरपालिकाका एकसय ६७ जना थिए । क्वारेन्टाइनमा वसेका बेनी नगरपालिका क्षेत्र भित्रका व्यक्तिहरुलाई खाना खुबाए वापत उक्त रकम खर्च भएको हो । यस्तै कोरोना सँग सम्बन्धित विभिन्न स्वास्थ्य सामानहरु खरिद गर्दा १५ लाख ६५ हजार ९ सय ६३ रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरिएको छ ।
भारत र विदेशबाट काठमाडौको होल्डीङ सेन्टरमा आएका १६७ जनालाई बेनी ल्याउन यातायात भाडा वापत तीन लाख पाँच हजार ३४९, शैक्षिक तालिम केन्द्रको भवनमा दश सैयाको आइसोलेसन बनाउन १७ लाख ८३ हजार रुपैयाँ खर्च भएको जनाएको छ ।
यसैगरी मंगला गाउँपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि ५९ लाख ५३ हजार ९ सय ४ रुपैयाँ खर्च भएको जनाएको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र आचार्यले दिएको जानकारी अनुसार कोरोना व्यवस्थापन सामग्री खरिदमा तिन लाख १५ हजार ६४ रुपैयाँ खर्च भएको छ ।
सवारी साधन भाडामा दुइलाख २२ हजार ६ सय ४०,आइसोलेशन निर्माणमा दुइलाख पचास हजार,क्वारेन्टिन खाजा खाना बेनीमा समेत गरेर १० लाख ७२ हजार ४०,सुरक्षाकर्मी तथा स्यमसेवक खर्च ८ लाख ८५ हजार एकसय ४५,स्वयमसेवक इन्धन खर्च दुइलाख ६२ हजार र राहत तथा खाद्यन्न सामग्री वितरणमा २४ लाख ९० हजार दुइसय ६३ रुपैयाँ खर्च भएको भएको उपलब्ध गराईएको खर्च विवरणमा उल्लेख छ ।
अन्नपूर्ण गाउँपालिकाले ४६ लाख ५८ हजार ६०४ खर्च भएको विवरण सार्वजनिक गरेको छ । गाउँपालिकाले सार्वजनिक गरेको विवरण अनुसार राहत सामग्री खरिद तथा ढुवानी १८ लाख ६० हजार ६ सय २१ खर्च भएको छ । यसैगरी १० लाख ५८ हजार तिनसय ६४ रुपैयाँको स्वास्थ्य सामग्री,उपकरण र गाउँ तथा वडास्तरीय क्वारेन्टिन व्यवस्थापनमा खर्च भएको प्रमुख प्रशासकीय अधिकृत नविन सुवेदीका अनुसार क्वारेन्टिन व्यवस्थापन खर्च ७ लाख २९ हजार ८ सय ३४ र स्वास्थ्यकर्मी,सुरक्षाकर्मी परिचालन भत्ता,खाना तथा खाजा खर्च ४ लाख ९० हजार ७ सय पचास रुपैयाँ खर्च भएको छ । उद्धार तथा व्यवस्थापनमा ८६ हजार खर्च भएको गाउँपालिकाले जनाएको छ ।
मालिका र धौलागिरी गाउँपालिकाको कोरोना रोकथाम तथा नियन्त्रणमा भएको खर्चको विवरण हामीलाई प्राप्त भएको छैन ।