नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ४ जना महिला र २ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।
चितवनमा ४० वर्षिया, भक्तपुरमा ४० वर्षिया, तनहुँमा ९२ वर्षिया र रुपन्देहीमा ७७ वर्षिया महिलाको मृत्यु भएको हो । यस्तै सिन्धुपाल्चोकमा ७७ वर्षिय र रुपन्देहीमा ६५ वर्षिय पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ५७ पुगेको छ ।
आज देशभरी १ हजार २ सय २८ जनामा कोरोना संक्रमण देखिएको छ । १३ हजार ४ सय १३ पीसीआर परीक्षण गरिएकोमा महिला ३ सय ९४ र ८ सय ३४ जना पुरुषमा संक्रमण देखिएको हो । काठमाडौंमा ३ सय ५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ जनामा संक्रमण देखिएको छ । यो सँगै देशभरी संक्रमितको संख्या ४२ हजार ८ सय ७७ पुगेको छ ।
देशभरी सक्रिय संक्रमितको संख्या १८ हजार ४ सय १३ रहेको छ । आजसम्म २४ हजार २ सय ७ जना डिस्चार्ज भएका छन ।