FLASH NEWS
  • Loading...

१४ जना प्रहरी समेत ३५ पिसिआर रिपोर्ट नेगेटिभ

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १५४ पटक पढिएको
१४ जना प्रहरी समेत ३५ पिसिआर रिपोर्ट नेगेटिभ

जिल्ला प्रहरी कार्यालयका एक प्रहरीमा कोरना पुष्टी भएपछि सम्पर्कमा पुगेका सहकर्मी, ब्यापारीसमेत १४ जना र अन्य जिल्लाबाट आएका ३५ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ । हाल म्याग्दी क्याम्पस क्वारेन्टाईनमा ७ जना प्रहरी र आईसोलेसनमा एक संक्रमित प्रहरी रहेका छन ।
‘हाल म्याग्दी जिल्लाभित्र एक प्रहरी मात्र कोरना संक्रमित छन । क्वारेन्टाईनमा पनि ७ जना प्रहरी मात्र छन’ जिल्ला विपद ब्यवस्थापन केन्द्रका सदस्य एवं क्वारेन्टाईन ब्यवस्थापन उपसमितिका संयोजक सुरत केसीले भने, ‘अन्र्तरजिल्ला यात्रा रोक्ने र अर्को जिल्ला यात्रा नगर्ने तथा मास्क लगाउने समेतका सावधानी अपनाय हाललाई जिल्लामा कोरना फैलिएको छैन ।’