FLASH NEWS
  • Loading...

पहिरोले म्याग्दी दानामा १७ घर विस्थापित

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ७८ पटक पढिएको
पहिरोले म्याग्दी दानामा १७ घर विस्थापित

पहिरोले वस्ती नै बग्न थालेपछि अन्नपूर्ण गाउँपालिका, ३ दाना फगामका १७ घरपरिवारका १ सय २१ जना विस्तापित भएका छन ।
वस्तीदेखी तल निर्माणाधिन बेनी–जोमसोम–कोरला सडकको गुईठे खण्डमा सडको स्तर बृद्धी गर्न भित्ता काटेपछि सुरु भएको पहिरो बढ्दै वस्ती पुगेको हो । पहिरोले भदौ ९ गतेसम्म १७ घर पूर्णरुपमा भत्केका छन । अघिल्लो वर्ष पनि गाउँको पुछारमा पर्ने ५ घर भत्केका थिए ।
विस्थापित परिवारलाई गाउँ छेउका तुलनात्मक पाखामा प्लासिटकको गोठ बनाई स्थानन्त्रण गरिएको छ । अस्थार्य वस्ती राख्ने अन्नपूर्ण गाउँपालिकाले त्रिपाल र पीडितलाई खाद्यान्न राहत पुर्‍याएको जनाएको छ ।


‘बेनी–जोमसोम सडक विस्तारक्रममा गरिएको चरम लापरवार्हीले नै माथीको वस्ती पहिरोले बग्न थालेको हो । अघिल्लो वर्षपनि सडक आयोजना र ठेकदारसँग वस्ती जोखिममा रहेकोले संरक्षणका काम गर्न सहमति भएको थियो । कार्यान्वयन नहुँदा वस्ती नै पहिरोमा परेको हो’ अन्नपूर्ण गाउँपालिका अध्यक्ष डमबहादुर गर्वुजाले भने, ‘वस्ती सुरक्षित स्थानमा सार्नु पर्ने छ तर उपयुक्त ठाउँ भेटिएको छैन । वस्तीदेखी माथी पाखामा बस भन्दा गाउँले मान्छैनन, सडक छेउमा सार्वजनिक जग्गा छैन ।’
पहिरोले हरेक दिन/रात थप घर, खेत बगाउन स्थानीय घरविहीन मात्र होईन लगाएको मकै, कोदो, सीमी खेती पनि पहिरोले नष्ट गरेको छ । पहिरोले तीन वटा सुन्तलाका नर्सरी पनि बगाएको छ । फगाम जिल्लामा सवैभन्दाबढी सुन्तलाको वेर्ना र लेकाली सीमि उत्पादन गर्ने वस्ती पनि हो ।


‘पहिरोले पुर्खाको थलोबाट उठिवास लगायो । गाउँ छोड्न मन छैन, जाने ठाउँ छैन’ पहिरो पीडितमध्यका अमृता गर्वुजाले भने, ‘तलबाट मोटरबाटो खनेपछि पहिरोले तान्यो, माथीबाट अति पानी परेपछि पनि बग्यो । ठूलो परिवार प्लाष्टिकको छाप्रोमा रात विताउन सकस भएको छ’
पूर्व फर्केको भिरालो पाखोमा अवस्थित फगाम वस्तीको फेदीमा निर्माणाधिन बेनी–जोमसोम–कोरला सडक विस्तारगरी ११ मिटर चौडा बनाउन भित्तोमा डोजर र ब्रेकर लगाई भत्काइएको तर भित्तोमा संरक्षण गन बलियो पर्खाल नलगाई छोडेकोले मनसुनसँै पहिरो जान थालेको हो ।

तस्वीर : इन्द्रसिं शेरचन