- Loading...
२० वर्ष पुरानो कर्तब्य ज्यान मुद्दाका फरार पक्राउ
- पुनहिल डट कम
- ४ साल अघि
- १६२ पटक पढिएको

म्याग्दीमा प्रहरीले २० वर्षअघिको कर्तब्य ज्यान मुद्दामा अदालतबाट दोषी ठहर भएका एक व्यक्तिलाई पक्राउ गरेको छ ।
धवलागिरी गाउपालिका–३ दरका ४४ वर्षीय चन्द्रवल घर्तीलाई पक्राउ गरेर म्याग्दी जिल्ला अदालत पेश गरि अदालतको आदेशमा कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । घर्ति समेतले २०५७ कात्तिक २१ गते दरका २२ वर्षीय गर्बे पाइजालाई मकैबारीमा बञ्चरो प्रहार गरि हत्या गरेको मुद्दामा जिल्ला अदालत म्याग्दीले २० वर्ष (जन्मकैद)को सजाय हुने फैसला सुनाएको थियो ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको बिशेष टोलीले आइतबार दरबाट पक्राउ गरेका घर्तिलाई अदालतमा पेश गरि सोमबार सजाय भुक्तानका लागि जिल्ला कारागार म्याग्दीमा चलान गरिएको प्रहरी निरिक्षक डाक्टरप्रसाद चौधरीले बताए । जिल्ला प्रहरी कार्यालयका अनुसार पछिल्लो २ महिनामा कर्तब्य ज्यान, डाँका चोरी, लागु औषध लगायतका मुद्दाका १३ फरार कसुरदारलाई पक्राउ गरिएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
