- Loading...
गण्डकी प्रदेशमा ९ जनामा कोरोना पुष्टि
- पुनहिल डट कम
- ४ साल अघि
- १५८ पटक पढिएको
गण्डकी प्रदेशमा पोखराका २ जना सहित ९ जनामा कोरोना सक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरपालिका वडा नं १६ का ४० वर्षिय पुरुष र ३१ वर्षिया महिलामा सक्रमण पुष्टि भएको हो । वडा नं १६ का ४० वर्षिय पुरुष ट्याक्सी चालक रहेको निर्देशनालयले जनाएको छ ।
यसै गरि नवलपरासी पुर्वका विनय त्रिवेणी नगरापालिका वडा नं १ का ९, ४३ र ६५ वर्षका पुरुष र सोही नगरपालिकाको २८, ३६ र ४९ वर्षिया महिला गरि ६ जनामा कारोना पुष्टि भएको छ ।
गोर्खाका २८ वर्षिय पुरुषमा समेत कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।यसै गरि आजै विहान १ महिला र १ पुरुषमा समेत कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । आइतवार मात्रै पोखरामा ११ जनामा कोरोना सक्रमण पुष्टि भएको छ ।
यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८७९ पुगेको छ भने निको हुनेको संख्या १६११ पुगेको छ ।