FLASH NEWS
  • Loading...

पहिरो प्रभावितको एकिकृत वस्ती वसाउन संभावना खोजिदै

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ९५ पटक पढिएको
पहिरो प्रभावितको एकिकृत वस्ती वसाउन संभावना खोजिदै

पहिरोबाट अति प्रभावित धौलागिरी गाउँपालिका, ६ मराङ तथा ७ धारापानी र मालिका गाउँपालिका, ७ विममा एकिकृत वस्ती विकास संभावना एवं पुन:स्थापनाको संभावना खोज्न थालिएको छ ।
प्रतिनिधी सभा सदस्य भुपेन्द्रबहादुर थापा नेतृत्वमा एउटा टोली पहिरोबाट विस्थापित भएका पीडितको छाप्रामा पुगेर उनीहरुको चाहना, भुगोलको अवस्थिती बारे रैथाने ज्ञान र संभावित सुरक्षित स्थलको सामान्य अध्ययन गरि फेर्केको छ । पूर्व महिला तथा वालबालिका मन्त्री थममायाँ थापा, प्रतिनिधी सभा सदस्य भुपेन्द्रबहादुर थापा, जिल्ला समवन्यय समितिका संयोजक देवेन्द्रबहादुर केसी, संविधान सभा सदस्य नवराज शर्मा, सत्तारुढ नेकपाका सचिव हरिकृष्ण श्रेष्ठ, धौलागिरी गाउँपालिका अध्यक्ष थमसरा पुन र मालिका गाउँपालिका उपाध्यक्ष खरमायाँ विटालु समेतको जनप्रतिनिधीहरुको टोलीले विमहुँदै मराङ, ताकम र देविस्थानका पहिरो पीडितहरुसम्म पुगेका थिए ।
टोलीले पहिरोले वस्नै नहुनेगरी क्षतविक्षत वस्ती स्थानन्त्रण गर्न एकिकृत वस्ती वसाउन योग्य सुरक्षित जग्गाको पहिचान गर्ने, अन्य वस्तीलाई पहिरो संरक्षणगरी पुरानै स्थानमा पुन:स्थापना गराउने, पुरिएको खेतवारीमा गह सुधार गरी खेति योग्य बनाउन, सिंचाई र खानेपानीको योजना ब्यवस्थित गर्ने सम्बन्धमा स्थानीयको अनुभव आदान–प्रदान गरेको थियो ।


‘पहिरो अति प्रभावित क्षेत्रका पीडितसँग अव कसरी सुरक्षित वस्ती बसाउने, पहिरोले पुरिएको खेतवारीलाई कसरी खेतियोग्य बनाउे,पहिरो संरक्षण गर्ने र खानेपानी तथा सिंचाईका स्थानीयका आफ्ना रैथाने ज्ञानको वारेमा अन्र्तक्रिया गरेको छु’ पहिरो प्रभावित क्षेत्रको पैदल भ्रमणगरी फर्केका प्रतिनिधी सभा सदस्य भुपेन्द्रबहादुर थापाले भने, ‘मराङको कल्लेनी, कुर्मी र विमको केही क्षेत्रमा सोही स्थानमा वस्ती बसाउन असंभव देखिएकोले एकिकृत वस्ती राख्ने संभावना अध्ययन गरियो । अन्य स्थानमा भने पहिरो संरक्षणगरी वस्ती पुन:स्थापना गर्ने विषयमा अनुभव साटियो ।’
पहिरोबाट अति प्रभावित धौलागिरी गापा, ६ मराङवासीले तीन वटा स्थानमा एकिकृत वस्ती बसाउन उपयुक्त हुने सुझाएका छन । राम्चे, दमाका, कुर्मी, रिख, घन्टवाङ समेतका कम्तीमा ४५ घरलाई पुरानो वस्तीको टोल, भेग र जातिय क्लस्टर नविग्रनेगरी राम्चे वरपरको वस्तीलाई मतचौरमा, कुर्मि क्षेत्रका वस्ती तल वेंशीमा, रिख, घन्टीवाङ क्षेत्रका वस्तीलाई अवाङको पन्थोक क्षेत्रमा बस्ती सार्न स्थानीयले सुझाएका छन । अर्को वस्ती कल्लेनीका २२ घरले भने क्लस्टर नटुट्नेगरी वडाले तोकेको स्थानमा बस्ती सार्न राजी भएका छन ।
‘निर्दयी पहिरोले हाम्रा सन्तान र सम्पत्ति मात्र लगेन पूर्खाको थातथलोमा खाँवो गाडेर वस्ने अवस्था पनि रहेन । सिङ्गै वस्तीको उठिवास हुने भो’ कल्लेनीका पहिरो पीडित योगन्द्र घर्ती र इकप्रसाद पुनले एकैस्वरमा भने, ‘विखलवन्दमा छौं । वडाले छिमेकी गाउँ मराङवेशी क्षेत्रमा तेकेको जग्गामा बस्न तयार छौं । कल्लेनीको एउटै क्लस्टरमा बस्न इच्छा छ ।’


त्यस्तै धौलागिरी गाउँपालिका, ७ धारापानीको वस्ती संरक्षण गर्न वस्तीदेखी माथी रहेको वराह तालको पानीलाई जम्न नपाउनेगरी बगाउने र अन्य बर्खेपानीका मुलहरुलाई पनि पाईपबाट सुरक्षित स्थलमा पुर्‍याउन स्थानीयले सुझाएका थिए । पहिरोले वस्नै नमिल्ले अवस्थाका बस्तीबाहेकका क्षेत्रमा भने पहिरो संरक्षणगरी पुरानै स्थानमा पुन:वार्स गराउने र खेतवारीमा कसरी गहसुधार गरी खेतियोग्य बनाउने स्थानीले स्थानीयले निर्णय गरेका छन । वडा सचिव वेदुनाथ सुवेदीका अनुसार मराङका सवै टोलवस्तीको सामुहिक वैठक वसी यहीं सुरक्षित स्थलमा एकिकृत वस्ती बसाउने तर कसैले पनि गाउँ छोडेन नजाने निर्णय गरेका छन ।
गाउँपालिकाले पनि एकिकृत वस्ती बसाउने र वस्ती पुर्नस्थापना गराउने विषयमा अध्ययन गर्न कार्यपालिका सदस्य देउप्रसाद छन्त्यालको संयोजकत्वमा दुई जना प्राविधिक सहित कार्यदल गठन गरेको छ ।
कार्यदललाई स्थानीयलाई पुर्नवास गराउन पहिरोबाट जग्गाजमिन बाँकी भए/नभएको, घर पुन:प्रयोग गर्न योग्य रहे/नरहेको, जग्जा सट्टापट्टागरी पुरानै स्थानमा बस्न सक्ने/नसक्ने समेतका विविध ७ वटा इन्डिकेटरमा पहिरोबाट पीडित तथा प्रभावितहरुको वर्गिकरण गर्ने १५ दिन भित्र प्रतिवेदन बुझाउनेगरी कार्यादेश तोकेको धौलागिरी गाउँपालिकाले जनाएको छ ।
‘पुरानो वस्तीको टोल, भेग र जातिय क्लस्टर सकेसम्म नविग्रनेगरी अर्को सुरक्षित स्थलमा स्थानन्त्रण गर्ने गरी संभावित क्षेत्र पनि पहिचान गरेका छौं । अव भुगर्भविच झिकाएर स्थानीयले छानेको जग्गाको पनि अध्ययनगरी वस्ती विकास गर्न बजेट ब्यवस्थापन गरिने छ’ धौलागिरी गाउँपालिका अध्यक्ष थमसरा पुनले भनिन्, ‘वस्ती राख्न मिल्ने सार्वजनिक जग्गा कतै नभएकोले खेतियोग्य तर पाखोवारी खोज्ने योजना छ । प्रभाविहरुको आर्थिक वर्गिकरणपछि बजेट ब्यवस्थापन गर्ने योजनामा छौं ।’