FLASH NEWS
  • Loading...

भूतपूर्व सैनिक बचत तथा ऋण सहकारीको मौवाफाँटमा सेवा विस्तार

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ९३ पटक पढिएको
भूतपूर्व सैनिक बचत तथा ऋण सहकारीको मौवाफाँटमा सेवा विस्तार

वन्दाबन्दीको समयमा वित्तिय संस्थाहरु समेत ब्यापार ब्यवसाय सुस्ताएको बेला बेनीको एक वित्तिय संस्थाले रघुगांगा गाउँपालिका केन्द्र मौवाफाँटमा सेवा विस्तार गरेको छ ।

बेनीको भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्थाले मौवाफाँटमा रहेको मौवाफाँट बचत तथा ऋण सहकारी संस्थासंग एकीकरण  गरी शनिबारदेखि सेवा केन्द्र संचालन ल्याएको हो । केन्द्रको सहकारीका अध्यक्ष बालकृष्ण सुवेदीले एक कार्यक्रमका विच उद्घाटनगरी सेवा शुभारम्भ समेत गराए ।

‘जिल्लाभर कार्यक्षेत्र अनुमति प्राप्त भएपनि रघुगंगाबाट कार्यक्षेत्र विस्तार सुरु गरिएको हो’ संस्था अध्यक्ष सुवेदीले भने, ‘संस्थाको शाखा विस्तारले मौवाफाँटको उदाउँदो अर्थतन्त्रलाई विकास गर्न र कृषी अर्थतन्त्रमा गुणात्मक फड्को मार्न सहयोगी हुने विश्वास लिएका छौं । मौवाफाँटको उदाउँदो अर्थतन्त्रमा हामी सहयात्रा गर्न आतुर छौं ।’

कार्यक्रममा जेष्ठ नागरिक र सेवा निवृत सैनिकहरुलाई सम्मान गरिएको थियो भने कोरना भाईरसको सचेतनामूलक जानकारी गराउदै सहभागिलाई सावुन, मास्क वितरण गरिएको थियो । सो अवसरमा खाता खोल्ने सेवाग्राहीलाई सम्मान गरिएको थियो । सेवा केन्द्रबाट बचत तथा ऋणको कारोवार , रेमिटान्ससंगै सदरमुकाम बेनीको केन्द्रिय कार्यालयबाट प्रवाह हुने मोवाईल बेकिङ्ग सेवाका लगायतका वित्तिय सेवा प्रवाह हुने सेवा केन्द्रका प्रमुख भदेवी तिलिजाले जानकारी दिईन ।