FLASH NEWS
  • Loading...

म्याग्दीमा समुदाय तहमा देखिएन कोरना संक्रमण

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ८९ पटक पढिएको
म्याग्दीमा समुदाय तहमा देखिएन कोरना संक्रमण

विभिन्न जिल्लामा कोरना भाईरस संक्रमण समुदाय तहमा पुगे नपुगेको पत्ता लगाउन समुदायको स्वाम्बोलिक पिसिआर टेष्टलाई बढाईएको छ । बेनीमा एक सय ३ जना सर्वसाधारणमा गरिएको स्याम्बोलिक कोरना परिक्षणमा सवैको रिपोर्ट नेगेटिभ आएको छ ।
स्वास्थ्य कार्यालय प्रमुख एकनारायण लम्सालका अनुसार कोरना भाईरस समुदाय तहमा पुगे नपुगेको पत्ता लगाउन सदरमुकम समेत गाउँपालिका केन्द्रहरुमा स्याम्बोलिक रुपमा पिसिआर टेष्ट थालिएको हो । प्रमुख लम्सालका अनुसार पहिलो चरणमा सदरमुकाम बेनीका अग्रपंक्तिका सुरक्षाकर्मी, कर्मचारी, तरकारी, खाद्यान्न, औषधीजन्य पसल, हजाम, ब्यटिपार्लर, वर्कसपका मजदुर, यातायात मजदुर, सरसफार्य कर्मचारी, सामाजिक कार्यकर्ता र पत्रकारहरु समेत १ सय ३ जनाको पिसिआर टेष्ट गर्दा सवैको रिपोर्ट नेगेटिभ आएको छ ।
त्यसैगरी कोरना आसंकित कोरना संक्रमितको सम्पर्कमा पुगेका मालिका गाउँपालिका, ६ दरवाङका १५ जनाको पिसिआर रिपोर्ट पनि नेगेटिभ आएको छ । आईतवार मंगला गाउँपालिका केन्द्र रहेको बाबियाचौर बजारका विभिन्न क्षेत्रका १५ जना सर्वसाधारको पनि पिसिआर टेष्ट गर्न स्वाव संकलन गरिएको छ ।
‘मंगलाका ६ जना भारतमा सवारी दुर्घटनामा ज्यान गुमाएका एक युवाको शव लिन गै फर्केका र उनीहरुको सम्पर्कमा रहेका परिवारका सदस्यहरुको पनि स्वाव संकलन गरिएको हो’ क्वारेन्टाईन ब्यवस्थापन उपसमितका संयोजक सुरत केसीले भने, ‘भारतबाट फर्केका उनीहरु प्रहरी र गाउँपालिकाको निगरानीमा होमक्वारेन्टाईनमा राखिएको हो ।’
त्यस्तै जिल्लाका दुई वटा क्वारेन्टाईनमा अहिले विभिन्न देशबाट फर्केका ७१ जना रहेका छन । भारतसमेत विभिन्न देशबाट आएका ५ महिलासमेत ४८ जनामा कोरना संक्रमण पुष्टी भएकोमा ४७ जना निको भै घर फर्केका छन । हाल बेनीको खुल्ला मञ्च स्थित आईसोलेसनमा एक जना पुरुष मात्र कोरना संक्रमित रहेका छन ।