FLASH NEWS
  • Loading...

फेरि पूर्ण लकडाउन हुँदैन, त्रस्त नबन्नू: सरकार

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १३५ पटक पढिएको
फेरि पूर्ण लकडाउन हुँदैन, त्रस्त नबन्नू: सरकार

सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले पुनः पूर्ण लकडाउन हुन्छ कि भनेर त्रस्त नहुन नागरिकहरुलाई आग्रह गरेका छन् ।
मन्त्रीपरिषदको निर्णय सार्वजनिक गर्न बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा संचारमन्त्री समेत रहेका डा. खतिवडाले त्यस्तो आग्रह गरेका हुन् ।
उनले पहिलाजस्तो पूर्ण लकडाउन लगाउने विषयमा सरकारले नसोंचेको र त्यस्तो नहुने पनि प्रष्ट पारे ।
‘पहिलाजस्तै पूर्ण लकडाउन हुन्छ कि भनेर त्रस्त हुनुपर्ने कुनै कारण छैन ।’ उनले थपे-‘चैत ११ गतेकोजस्तो लकडाउनको विषयमा सरकारले केही पनि सोंचेको छैन ।’
डा. खतिवडाले संक्रमण बढेको ठाउँलाई शिल गरी आवातजावत तथा मानवीय गतिविधिलाई नियन्त्रण गर्ने र यही नीति अनुरुप देशका कतिपय जिल्लामा पूर्ण लकडाउन लागेको अवस्था रहेको उल्लेख गर्दै देशैभर एकैपटक सोलोडोलो ढंगले लकडाउन नहुने प्रष्ट पारे ।
कोरोना भाइरसको संक्रमण दर र जोखिमको अवस्था हेरेर स्थानीय सरकार र प्रशासनले लकडाउनको विषयमा निर्णय गर्नसक्ने उनको भनाई छ। पूर्ण लकडाउन हुँदा अर्थतन्त्र डामाडोल भएको स्वीकार गर्दै सरकार फेरि त्यो पक्षमा नरहेको बताए ।
भदौ १ गतेदेखि सुरु गर्ने भनिएको हवाई उडान, लामो दूरीको यातायातका साधन लगायतको विषयमा यसअघि भएका निर्णय पुनरविचार हुनसक्ने उनको भनाई थियो ।source-bizshala.com