FLASH NEWS
- Loading...
गण्डकीमा थप २४ जना कोरोना पुष्टि, संक्रमितको संख्या १ हजार ६ सय ११ पुगेको
- पुनहिल डट कम
- ४ साल अघि
- ८२ पटक पढिएको
पोखरा महानगरका ३ सहित गण्डकीमा थप २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले शनिबार बिहान पोखरा महानगर वडा नम्बर १७ का १ जना पुरुष तथा वडा ९ का १ -१ महिला पुरुषसहित गण्डकी प्रदेशका ४ जिल्लाका थप २४ जनमा कोरोना भाइरस संक्रमण देखिएको जनाएको हो ।
निर्देशनालयका अनुसार कास्कीका २ पुरुष तथा एक महिलासहित बागलुङका १३ जना पुरुष , स्याङ्जाका ७ जना पुरुष र म्याग्दीका १ पुरुषमा कोरोना देखिएको हो ।
संक्रमितलाई आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६ सय ११ पुगेको छ । यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमण मुक्त हुनेको संख्या १४४३ पुगेको पनि निर्देशनालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस