FLASH NEWS
  • Loading...

बेनीको कालीपुलबाट गाई काट्ने चार जना पक्राउ

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ८२ पटक पढिएको
बेनीको कालीपुलबाट गाई काट्ने चार जना पक्राउ

साउन १९ गते जनैपूर्णिमाको दिन दिउँसो बेनी नगरपालिका, ८ बेनीकालीपुलमा छाडा चौपाया (गाई) काटेको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मालिका गाउँपालिका, ५ का हिरा रसाईली, बेनी नगरपालिका, ६ का वीरबहादुर किसान, बेनी नगरपालिका, ८ का चन्द्र दर्जी र बडिगाढ गाउँपालिका, २ बाग्लुङका राजु विक समेतले सदरमुकाम बेनीको कालीपुल स्थित हिरा रसाईलीको डेरा घरमा गाई काटीरहेको अवस्थामा प्रहरीले चार जनालाई पक्राउ गरी पशुपंक्षी सम्बन्धी कसूर (गौवध हत्या) अनुसन्धान थालिएको जनाएको छ ।
‘मुलुकी अपराध संहिता ०७४ को परिच्छेद २७ पशुपन्छी सम्बन्धी कसूर (गौवध) गरेका चार जनालाई गाई काटीरहेकै अवस्थामा पक्राउ गरी अनुसन्धान थालेका छौं’ जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकारी रहेका प्रहरी निरिक्षक ध्रव शर्माले भने, ‘अपराध संहितामा गाईगोरु मारेमा तीन वर्षसम्म कैद संजायको ब्यवस्था छ ।’