FLASH NEWS
  • Loading...

बेनी प्रवेशद्धारमा स्वचालित गरालो

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ११८ पटक पढिएको
बेनी प्रवेशद्धारमा स्वचालित गरालो

सदरमुकाम बेनी प्रवेशद्धार कालीपुल स्थित ट्राफिक प्रहरी वीट कालीगण्डकी पुल छेउमा रहेको स्वचालित तगारो/गरालो (अटोमेटिक बुम बेरिएर) स्थापना गरिएको छ ।
बेनी नगरपालिका, ९ नेप्टेचौर घर भै हाल अमेरिकाको हाउस्टन वस्ने सञ्जिव बानियाँको सहयोगमा जिल्ला प्रहरी कार्यालयले ट्राफिक प्रहरी विट कालीपुलमा रिमोट कन्ट्रोलबाट चल्ने स्वचालित तगारो स्थापना गरिएको हो ।

जिल्ला प्रवेश गर्ने र बाहिरिने सवारी साधनको चेकजाँच गर्न प्रहरी गाडी अगाडी उभिएर रोक्नु पर्नेहुँदा कोरना संक्रमणको जोखिम कम गर्न तथा हुलहुज्जत गर्ने समुहबाट बेलाबेलामा हुने आक्रमणबाट वच्न स्वचालित तगारो राखिएको प्रहरीले जनाएको छ ।
गेटमा छिट्टै सिसी क्यामेरा तथा अटोमेटिक बुम क्यारिएरमा सेन्सर जोडेर सामानको चेकजाँच पनि थालिने प्रहरीले दावी गरेको छ । प्रहरी चेकपोष्टमा प्रविधीयुक्त बनाईएपनि नियमित विधुतकालागी ब्याकअप भर्ने जोडिएको छैन ।


‘अटोमेटिक बुम क्यारिएरले सडकमा सवारी साधनलाई रोक्न सजिलो मात्र बनाएको छैन, उपभोक्ता र प्रहरी आफैलाई पनि प्रविधी मैत्री बनाएको छ । जिल्ला प्रवेशद्धार भएकोले सिसी क्यामेरा र वुममा सेन्सर जडानगरी सामाग्रीको समेत परिक्षण गर्ने योजनामा छौं’ तगारो उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले भने, ‘मापसे परिक्षण गर्ने आधुनिक ब्रेथलाईजरको पनि प्रयोग गरिने छ । अव प्रहरी मान्छेको मुखमै पुग्नु पर्ने छैन ।’