FLASH NEWS
  • Loading...

शैक्षिक संस्थाबाट क्वारेन्टाईन हटाउन थालियो, कहाँ चलाउने टुङ्गो छैन

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ८६ पटक पढिएको
शैक्षिक संस्थाबाट क्वारेन्टाईन हटाउन थालियो, कहाँ चलाउने टुङ्गो छैन

कोरना भाईरस संक्रमण रोकथाम, नियन्त्रण गर्न शैक्षिक संस्थामा निर्माण गरिएका क्वारेन्टाईन खाली गर्न थालिएको छ । तर जिल्लाभरका शैक्षिक संस्थाबाट हटाईएका क्वारेन्टाईन कहाँ कसरी संञ्चालन गर्ने अझै टुङ्गो गरिएको छैन । बेनीमा माउण्ट एभरेष्टको पुराना भवनमा बाहेक जिल्लाका सवै क्वारेन्टाईन विद्यालय/कलेजमा स्थापना गरिएका छन ।
म्याग्दीमा निजी क्षेत्रको न्यू वेष्टपोईन्ट कलेजमा स्थापना गरिएको ५५ बेड क्षमताको क्वारेन्टाईन खाली गरी शैक्षिक संस्थाबाट क्वारेन्टाईन हटाई प्रयोग भएका कोठा तथा सामानहरुमा क्लोरिन छर्किएर कोरना भाईरस मुक्त (डिसइन्फेक्सन) बनाएको छ ।
‘कोभिड कन्ट्रोल पोष्टले विद्यालयमा राखेको क्वारेन्टाईन हटाई । प्रयोग भएका कक्षा कोठा, शौचालय समेत सवै प्रयोग भएका सामाग्रीलाई डिसइन्फेक्सन गराईएको छ । अव आशंका गर्नु पर्ने छैन’ वेष्टपोईनट कलेज संञ्चालकमध्य एक सुवाष श्रेष्ठले सामाजिक संञ्जालमा लेखेका छन, ‘कोरना नियन्त्रण गर्न सवै पक्षबाट भएको सरकारात्मक कदमको धन्यवाद छ । डिसइन्फेकसन गरिएका कोठामा थप रङ्गरोगन समेत गरिने छ । अभिभावक सुनिश्चित रहनुहोला ।’
सरकारले भदौ १ गतेदेखी विद्यालय खोल्ने र नयाँ भर्ना सुरु गर्ने निर्णय गरेपछि विद्यालयमा स्थापना गरिएका क्वारेन्टाईन खाली गर्न सुरु भएको । बेनीमा वेष्टपोईन्टबाहेक म्याग्दी क्याम्पस, अन्नपूर्ण गाउँपालिकाको सर्वोदय मावि, मंगला गापाको मंगला मावि, मालिका गापाको जनप्रिय मावि समेत अन्य विद्यालय र धौलागिरीका पनि विभिन्न विद्यालयमा क्वारेन्टाईन बनाईएको छ ।
‘बेनीका शैक्षिक सत्रबाट क्वारेन्टाईन हटाउने काम थालिएको छ । तर सवै विद्यालयबाट क्वारेन्टाईन हटाउने र अर्को क्वारेन्टाईन कसरी चलाउने कुनै निर्णय भएको छैन’ जिल्ला कोरना कन्ट्रोल कमाण्ड पोष्टका सदस्य रहेका रेडक्रसकर्मी सुरत केसीले बताए ।