FLASH NEWS
  • Loading...

आज देशैभर पानी पर्ने, केही स्थानमा भारी वर्षाको सम्भावना

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २१९ पटक पढिएको
आज देशैभर पानी पर्ने, केही स्थानमा भारी वर्षाको सम्भावना

अहिले मौसम सामान्य बदली भई काठमाडौंसहित देशभर मध्यम वर्षा भइरहेको छ। जल तथा मौसान विज्ञान विभागले दिएको जानकारीअुसार प्रदेश १, बाग्मति प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरूर बाँकी प्रदेशका थोरै स्थानमा हल्का तथा मध्यम वर्षा भइरहेको छ।

विभागले दिएको जानकारीअुसार आजर दिउँसो देशका अधिकांश स्थानमा मध्यम वर्षा र प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, आज राति देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेश का एक वा दुई स्थानहरूमा भारी वर्षाको  सम्भावना छ।

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

(जारी मितिः २०७७-०४-१७, विहान ०६:०० बजे)

मौसम विश्लेषण (Meteorological Analysis):-

देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  नेपालको पुर्वी तराई भू-भाग नजिक मनसुनी न्युन चापीय रेखा अवस्थित छ ।

हालको मौसमको अवस्था (Present Weather Status):

देशभर सामान्य बदली रही प्रदेश १, बागमति प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरु र बाकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम बर्षा भइरहेको छ।
साउन १ गते (शनिबार)

दिउँसोः देशका अधिकांश स्थानमा सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।   प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका एक वा दुई  स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

राती : देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने  प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेश का एक वा दुई स्थानहरूमा भारी वर्षाको  सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १, प्रदेश २ ,गण्डकी प्रदेश, सुदुरपश्चिम प्रदेश, प्रदेश ५ का एक वा दुई स्थानहरूमा भारी वर्षाको  सम्भावना रहेको छ। ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।