FLASH NEWS
  • Loading...

चिमखोलाको अमर माविको छाना भत्क्यो , रुखले च्यापिएर गलेश्वरमा दुई घाईते

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १२६ पटक पढिएको
चिमखोलाको अमर माविको छाना भत्क्यो , रुखले च्यापिएर गलेश्वरमा दुई घाईते

अविरल बर्षापछि विद्यालयको छाना भत्केपछि रघुगंगा गाउँपालिका, ७ चिमखोला स्थित अमरमाध्यामिक विद्यालय भवनमा क्षति पुगेको छ ।
स्थानीय शिक्षिक सोमबार विद्यालय भवनको कक्षा कोठा भत्केको शिक्षक रीम पाईजाले बताए । भीरको जरोमा अवस्थित विद्यालय भवन पनि उच्च जोखिममा रहेको छ ।
त्यस्तै बेनी नगरपालिका, ९ गलेश्वरबाट मोटरसाईकलमा काउलेगौडा तर्फ जाँदै गरेका दुई जना सल्लाको रुख ढलेर च्याप्दा गम्भीर घाईते भएका छन ।
गलेश्वरमा कार्यालय रहेको एक माईक्रोफाईनान्स कम्पनीमा कार्यरत ठेडडाँडा नपा,१३, जाजरकोटका शर्मालाल आचार्य र गल्याङ नपा, १९ स्याङ्जाका रोशन उपाध्याय फिल्ड जानेक्रममा रुख ढल्दा च्यापिएका थिए । गम्भीर घाईते रोशनलाई हेलिकोप्टरबाट थप उपचारकालागी पोखरा पुर्‍याईएको छ ।