FLASH NEWS
- Loading...
रञ्जन कोइरालाको मुद्दा पुनरावलोकन गर्न सर्वोच्च अदालतको अनुमति
- पुनहिल डट कम
- ४ साल अघि
- २०७ पटक पढिएको
सर्वोच्च अदालतले सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालाको सजाय घटाउने फैसला पुनरावलोकन गर्न अनुमति दिएको छ।
न्यायाधीशहरु बमबहादुर श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरासहितको इजलासको फैसला पुनरावलोकन गर्न अनुमति दिने आदेश दिएको हो।
प्रधानन्यायाधीश जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले १५ असारमा कोइरालाको सजाय घटाउँदै ८ वर्ष ६ महिना कायम गरेको थियो । फैसलबमोजिम कोइराला गत साउन ८ गते रिहा भइसकेका छन्। सर्वोच्चको फैसला त्रुटिपूर्ण रहेको भन्दै महान्यायाधिवक्ताको कार्यालयले साउन ८ गते सर्वोच्चमा पुनरावलोकन निवेदन दर्ता गरेको थियो।
प्रतिक्रिया दिनुहोस