- Loading...
बाढीको वितण्डा, घारखोला हाइड्रोको क्रसर बगायो
- पुनहिल डट कम
- ४ साल अघि
- ९५ पटक पढिएको
धौलागिरी हिमालय श्रृखलाको फेदीमा भारी वर्षापछि त्यसक्षेत्रबाट झर्ने खोला म्याग्दी, राहुघाट, रुप्से र मुस्ताङका कैकु र घाँसाखोलाको बाढी मिसिएपछि कालीगण्डकी नदीले वितण्डा मच्चाउन थालेको छ ।
कालीगण्डकी नदीमा आएको बाढीले कटान गर्दा अन्नपूर्ण गाउँपालिका, ६ धिरच्याङ स्थित घारखोला जलविधुत आयोजनाको क्रसरलाई बगाएको छ । बेनी–जोमसोम सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । अन्नपूर्ण गापा, ३ दाना र ४ गाडपार जोड्ने झोलुङ्गे पुल तथा नजिकैको व्लग उद्योग बगाएको छ । नदी कटानले दानामा बेनी–जोमसोम सडक पनि बगाएको स्थानीय रीता वरुवालले बताईन ।त्यस्तै कालीगण्डकी नदीको धार परिवर्तन गरिदिएकोले पारी मल्लाज तर्फ रहेको राममन्दीरको आश्रम भवन बगाएको छ ।
कालीगण्डकी नदीमा आएको बाढीले अन्नपूर्ण गाउँपालिका, २ भुरुङतातोपानी स्थित सीमा प्रहरी चौकी समेत बस्ती, दानाको वस्ती र सदरमुकाम बेनीमा कटानको उच्च जोखिम बढेको छ । कालीगण्डकीले सर्तकता तह पारगरेपछि नदी किनाराका बासिन्दालाई प्रशासनले सुरक्षित स्थान तर्फ लगेको छ ।
त्यसैविच भारी वर्षापछि धौलागिरी हिमालफेदीबाट झर्ने रुप्से झरनाले तल फेदीमा रहेको आएको एउटा होटल/रेष्टुरेन्ट, पार्किङ गरीराखेको एउटा जेसिवी, बस लाई बगाएको स्थानिय इन्द्रसिं शेरचनले बताए । स्थानीय रीता बरुवालका अनुसार छुट्टै अन्नपूर्ण गाउँपालिका, ३ दानाको रुप्से छहरा नजिकैको ठाडो खोलामा आएको बाढीले बलबहादुर गर्वुजालाई बगाउँदा वेपत्ता छन । घट्नाको प्रहरीले भने पुष्टी गरेको छैन ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालका अनुसार तल्लो घाँसाको ठाडो खोलामा आएको बाढीले बेनी–जोमसोम सडकमा निर्माणाधिन पुल बगाएको छ ।
नदी क्षेत्रका विभिन्न खण्डमा बाढीको सतह हेर्न सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ । म्याग्दी नदीमा पनि बाढी आएकोले पश्चिम दरवाङ वजारसमेत बेनीसम्मका तटिय वस्ती कटानको जोखिममा परेका छन । प्रहर िनिरिक्षक डाक्टर चौधरीका अनुसार जिल्लाभरको बाढीपहिरोको अपडेट गर्ने काम भैरहेको छ ।