FLASH NEWS
  • Loading...

यस्तो रहेछ, पहिरोग्रस्त क्षेत्रमा उडेको हेलिकोप्टरको उडान नालीवेली

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ८९ पटक पढिएको
यस्तो रहेछ, पहिरोग्रस्त क्षेत्रमा उडेको हेलिकोप्टरको उडान नालीवेली

पहिरो प्रभावित क्षेत्रमा निजी लगानीमा हेलिकोप्टरबाट खोज, उद्धार तथा राहत पुर्‍याउन ओमकुमारी शान्ति कोष र जिसी ग्रुपले खर्च गरेको विषयमा सामाजिक संञ्जालमा विवाद उठेपछि विहिवार समुहले उडान तालिका र उडानमा गरिएको गतिविधी प्रशासनलाई बुझाएको छ ।
पहिरो प्रभावित क्षेत्रमा हेलिकोप्टर उडान तालिका, चढेका ब्यक्तिहरुको विवरण अनुसार उडान विवरण अनुसार पहिरोमा तत्कालन खोज, उद्धारमा संलग्न खोजकर्ता बाहेक साँसद, सिडिओ, डिएसपी समेतको पहिचान खुलाएको छ । तर अन्य सवैलाई  पत्रकार’ भनिएको छ । पत्रकारहरुको पहिचान भने खुलाईएको छैन ।
धौलागिरी र मालिका गाउँपालिकाका पहिरो प्रभावित क्षेत्रमा पुग्ने स्थलमार्ग अवरुद्ध भएपछि समाजसेवीद्धय नारायण जिसी र राजेश शाक्यको अगुवाईमा हेलिकोप्टरबाट तत्काल उद्धारकर्ता पठायने, घाईतेको उद्धार गर्ने र राहत सामाग्री पुर्‍याउन काम भएको थियो । सडकमार्गको पहुँच नबन्दा पहिरो प्रभावित क्षेत्रमा राहत भन्दा धेरै महंगो मुल्यमा हेलिकोप्टर ढुवानी गर्नु पर्ने बाध्यता आएको हो । बाढीपहिरो प्रभावित क्षेत्रमा असार २८ गते जिल्ला विपद ब्यवस्थापन समिति र स्थानिय सामाजिक संस्था ओमकुमारी शान्ति कोषबाट ५० बोरा चामल, दाल, नुन, तेल समेत पहिलो खेप राहत हेलिकोप्टरबाट ओरालेको थियो ।
पहिरोमा फसेकाको खोजी, उद्धारमा जाने सेना, प्रहरी पुऱ्याउन, घाईते तथा फसेका गर्भवतीको उद्धार गर्न, विस्थापितकालागी राहत तथा विपत निरिक्षणमा गएका नेता, कर्मचारी समेतगरी बोकेर ४८ पटक हेलिकोप्टर ओहोर–दोहोर गरेको उल्लेख छ । यो बाहेक सेनाको हेलिकोप्टर उद्धारकर्ता बोकेर दुई पटक र मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसमेत मन्त्री बोकेर एक पटक घट्नास्थल पुगेको हो ।
४८ उडानमध्य १० उडान घाईतेको उडार गर्न, ४ उडान राहत सामाग्री लिएर, २ वटा उडान गाउँपालिका प्रमुख, उपप्रमुख समेत कर्मचारी गाउँपालिकाबाट पहिरो प्रभावित क्षेत्रमा पुग्न र बाँकी उडान उद्धारकर्ता, निरिक्षणकर्ता र अन्यलाई बोक्न प्रयोग भएको हो । पहिरोले सवै सडकमार्ग अवरुद्ध भएकोले थोरै राहत बोक्ने पनि हेलिकोप्टर प्रयोग गर्नु परेको उल्लेख छ । गाउँपालिकाले प्रयोग गरेको आन्तरिक उडानको खर्च गाउँपालिकाले ब्यहोर्ने उल्लेख छ ।
‘गाउँपालिकाले प्रहिरो प्रभावित क्षेत्रमा आन्तरिक उडान गरेको बाहेक सवै प्लाईट हामीले विपतमा परेकालाई उद्धार र तत्काल राहत पुर्‍याउन सहयोग गरेका हौं’ जिसी ग्रुपका नारायण जिसीले भने, ‘विपदको अवस्थामा पीडितहरुलाई भेट्न जिल्लाका सुरक्षा अधिकारी र नेतृत्व पुग्नु अन्यथा होईन ।’
पहिरो प्रभावित क्षेत्रमा विभिन्न संघ/संस्थाले हेलिकोप्टरबाट राहत पुर्‍याउन थालेका छन । जिल्ला विपद ब्यवस्थापन समितिको अभिलेख अनुसार अधिकांश दाताले दाल, चामल, चाउचाउ, विस्कुट, मसलाजन्य र सावुन, टुथपेष्ट समेतका केही ब्यक्तिगत सरसफाईकासामाग्री मात्र पुगेको छ । काँग्रेसले संकलन गरेको खाद्यान्न समेतका राहत सामाग्री पाखापानी, मल्कवाङहुँदै खच्चडमा बोकाएर बुधवार पहिरो प्रभावित क्षेत्रमा राहत पुर्‍याएको जनाएको छ ।
गत असार २७ गते विहान विषण वर्षापछि आएको पहिरामा परि धौलागिरी गाउँपालिका, ६ मराङको रिखा, दमका, कल्लेनी र राम्चेका १९ जनाको मृत्यु, २ जना वेपत्ता र ९ जना घाईते भएका थिए । पहिरोमा पुरिएर ७२ घर पूर्णरुपमा बग्दा/पुरिँदा ५ सय १५ जना र घर आंशिक क्षति भएका तर जोखिमको कारण २ घरका १९ जना विस्थापित भै आपतकालिन शिविरमा रहँदै आएका छन ।
त्यसैगरी सोही दिनको बर्षापछि आएका छुट्टै पहिरोमा परी मालिका गाउँपालिका, ७ विम ८ जनाको मृत्यु, २ जना वेपत्ता र ३ जना घाईते भएका थिए । विममा २० घर पूर्णरुपले पुरिएको/बग्दा ९१ जना विस्थापित छन । ४२ घरमा आंशिक क्षति भएको छ । १ सय ८५ जनालाई पनि आपतकालिन शिविरमा राखिएको छ ।