FLASH NEWS
  • Loading...

कुशको ‘पुत्ला’ लाई आफन्त सम्झदै दाहसंस्कार, कोरा वार्ने ठाउँ नहुँदा आफन्तको पिंढीमा काजकिरीया

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १३२ पटक पढिएको
कुशको ‘पुत्ला’ लाई आफन्त सम्झदै दाहसंस्कार, कोरा वार्ने ठाउँ नहुँदा आफन्तको पिंढीमा काजकिरीया

मंगलवार साँझ चुत्रेनी स्थित बेनी–दरवाङ सडक छेउको एउटा घरमा केही मान्छे जम्मा भएका छन । सडकको कान्लामा पर्ने घरका आगनको कुनोमा गाईको गोवरले लिपेको ठाउँमा घारो (शव बोक्न हरियो बाँसले बनाईएको घारो) राखिएको छ ।
हिन्दु धार्मिक कर्म अनुसार मृतकको प्रेतात्म तार्न शव (पुत्ला) निकाल्नु पूर्व घारोमा कात्रो विच्छाई कुशको पुत्लामा राखी फुल, अछेता, जल सहित ध्यू र धुप चढाएपछि कुशको पुतला राखेको काँधीकाठ उठाएर तल म्याग्दी खोला पुर्‍याई दाहसंस्कार गरे ।
किरिया वस्न हिन्दु परम्परा अनुसार हजुरबाबु जिवित छँदै बाबुहरु नमिल्ने भएपछि ७८ बर्षिय हजुरबुबा गणेशबहादुर खत्री पहिरोमा वेपत्ता नातिनी एलिसाको किरिया बसेका छन । पुख्यौली थलो धौलागिरी गाउँपालिका, ६ मराङमा एक्लै बस्दै आएका वृद्ध गणेशबहादुरलाई मल्कवाङ, मलम्पार हुँदै भेडिखाल्टा बासबसी ठाडाखानी, पाखापानी, झिंबाट गलेश्वर झरेर बेनीहुँदै चुत्रेनी ल्याईएको हो ।
‘बाढीपहिरोले बगायो, आगोले जल्यो, बाघले खायो वा अन्य कारणले मृतकको शव फेला नपर्ने निश्चित भएको खण्डमा कुशको पुत्ला बनाई दाहसंस्कार गर्ने हिन्दु बैदिक परम्परा अनुसार नातिनीको पुत्ला दहन गरी किरिया बसेको छु’ राम्ररी कान नसुन्ने बृद्ध गणेशबहादुरले भने, ‘नातिनीको आत्म शान्तिकालागी गरुढ पुराण लगाउँछु र अन्य सवै वैदिक विधी पुरै गर्छु ।’
पहिरोमा पुरिएर वेपत्ता छोरीको मृत अनुहार समेत हेर्न नपाएपछि इन्द्रबहादुर श्रीमती अन्जना, १० बर्षे छोरो सज्जन र ३ बर्षकी छोरी इस्मालाई भीरपहिरोमा घिसार्दै, डोर्‍याउँदै दुई दिन हिँडेर बेनी नगरपालिका, ५ चुत्रेनी स्थित भाईको घरमा आश्रय लिन आई पुगेका हुन ।
‘दैवले छोरीसँगै घरखेत पनि लग्यो । विपदपर्दा खोज्ने आफन्तै रहेछ । दाईको पालीमा आएको छु’ भित्र कुनोमा कोराभित्र किरिया बसेका बृद्धबाबुलाई हेर्दे आँखामा टिपिल टिलपित आँशु पारेका इन्द्रबहादुर केसीले भने, ‘र्दुइ साना छोराछोरी छन, यिनको भाग्य र भविश्य सम्झेर मन कुँडिन्छ । दाईभाउजुले सम्झाउँछन, मन टोलाउँछ मात्र ।’
भाईबैनीलाई जोगाईन आफु हराईन, एलिसा
स्थानिय किसानी माविबाट एसईई सहभागी भएकी एलिसाको बाग्लुङमा गएर अनमी पढ्ने धोको राखेकी थिईन । गत शुक्रवार विहान पहिरोमा वेपत्ता हुन अघि उनी भाईवैनी च्यापेर सुरक्षित रहेको छिमेकीको घरमा पुगेकी थिईन । विहानै आपतको समयमा राम्ररी कपडा समेत लगाउन नपाएकोले भाईवैली छिमेकीको पिंढीमा राखेर कपडा लिन घर फर्केकी एलिसा फेरी फर्केर आईनन । पहिरोसँगै वेपत्ता भईन ।
‘बाहिर मुसलधारे बर्षा भैरहेको थियो । विहनै ५.३० बजे तिर बाहिर निक्लें । आगनमै ठूलो भेल आएको थियो । श्रीमतिलाई उठाएँ र कोदालो लिएर घरपछाडी खेतबाट भल तर्काउने प्रयास गरें । उनी(श्रीमति)ले छोरी एलिसालाई उठाए आफु पनि भेल तर्काउन लागिन । भेलबाढी झन बढ्ेपछि छोरी एलिसाले भाई र बहिनीलाई बोकेर छिमेकीको घर पुगिछिन । छिमेकीको घरमा त्यो रात कोही रहेनछन । ३ बर्षे बहिनी नाङ्गै भएकीले लगाउने कपडा लिन घर फर्केछिन । हामी बुढाबुढी छिमेकीको घर जाने, छोरी घर आउने भएछ । त्यही वेला पहिरो आएर बगायो’ बेपत्ता एलिसाका बाबु इन्द्रबहादुर केसीले भने, ‘आँखै अगाडी छोरी, घरखेत र हरको बाहेक सवै बगायो । हामीले पुर्पुरोमा हात राखेर छोरीको बाटो हेरिरह्यौं ।’

तस्वीर : सजना कार्की

बात्रु इन्द्रबहादुरका अनुसार यसै वर्ष एलिसाको मात्र होईन, पहिरोमा श्रीमति विष्णु र ५ बर्षिया छोरी इच्छासहित सम्पूर्ण घरवार गुमाएका सोमनाथ पौडेल सामाजिक संस्कार अनुसार काजकिरियाकालागी कोरा वार्ने थलो नपाएपछि मंगला गाउँपालिका, २ ताराखेत स्थित दाई गोकर्णको घरमा पुगेका छन ।
दाईको पिंढीमा कोरा वारेका सोमनाथका १५ बर्षिय छोरा अनिल आमा र बहिनीको किरिया बसेका छन । ११ बर्षिइ सानो छोरा आशिषको ब्रतवन्ध नभएकोले ठडो किरिया बसेका छन । सोमनाथ पिंढीको छेउमा झोक्याएर बसेका छन ।
‘ओत लाग्न खाँवो गाड्ने थलो समेत पहिरोले बगायो, वस्ती भरी सवै आपतमा छन, कहाँ वसेर संस्कार गर्नु । सामाजिक संस्कार अनुसार काजकिरिया गर्ने थालेपनि नभएपछि भाईलाई यहाँ आएको छु’ सोमनाथ पौडेले भने ‘मर्ने त मरि गए, बाँचेका यी लालाबाला कसरी पालुँ भन्ने चिन्ताले सताउँछ ।’