- Loading...
दक्षिण एसियामा अपूर्व खाद्य संकट आउने दाबी
- पुनहिल डट कम
- ४ साल अघि
- १४४ पटक पढिएको

कोभिड–१९ का कारण दक्षिण एसियाका मानिसको जनजीवनमा अपूर्व खाद्यसंकट आउने दाबी गरिएको छ । एक अन्तर्राष्ट्रिय अनुसन्धान संस्थाले गरेको अध्ययनमा दक्षिण एसियाका १ अर्ब ७० करोड मानिसमा खाद्यान्न, स्वास्थ्य तथा पोषणको समस्या हुने उल्लेख छ ।
इन्टरनेसनल फुड पोलिसी ग्लोबल रिसर्च इन्स्टिच्युट (आईएपीआरआई) ले सोमबार सार्वजनिक गरेको प्रतिवेदमा उक्त क्षेत्र खाद्यान्न र पोषणका हिसाबले असुरक्षित रहेको जनाइएको छ । आईएपीआरआई दक्षिण एसियालगायत विभिन्न संस्थाले सोमबर गरेको भर्चुअल कार्यक्रममा जानकारहरुले कोभिड–१९ का कारण दक्षिण एसियाली खाद्यान्न प्रणालीमा परेको प्रभावबारे चर्चा गरेका हुन् । दक्षिण एसिया क्षेत्रको खाद्यान्न प्रणाली हेरफेर गरी समावेशी, दिगो र लचिलो बनाउनुपर्ने उनीहरुको भनाइ छ ।
खाद्यान्न तथा पोषण क्षेत्रमा क्रियाशील संघसंस्था तथा विज्ञहरुले भने कोभिड–१९ का कारण केही अवसर उपलब्ध भएको देखिए पनि प्रायः मानिस त्यसलाई उपयोग गर्न असमर्थ रहेका जनाएका छन् । ‘विद्यमान खाद्यान्न प्रणालीले खाद्यान्न र पोषण सुरक्षा, आयआर्जन र समावेशी आर्थिक वृद्धिका लागि केही अवसरसमेत प्रदान गरेको छ । तर प्रायः मानिस सुरक्षा तथा फाइदाका लागि आफूलाई सहभागी गराउन असमर्थ छन्,’ आईएपीआरआईका महानिर्देशक जोहान स्विनेनले भने । हालको संकटपूर्ण अवस्थामा समावेशिता नै पीडित मानिसलाई बचाउन सबैभन्दा उपयुक्त माध्यम हुने उनले भने ।
भारतीय नीति आयोगका सदस्य रमेश चन्दले खाद्यान्न प्रणालीका नयाँ आयामबारे सोच्नुपर्नेमा जोड दिए । नेपाल दुई दशकयता पेसागत कृषि क्षेत्र र युवा प्रवासनमा असामान्य संरचनागत परिवर्तनतर्फ गइरहेको राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्लेले बताए । नेपालमा विप्रेषणको भरोसा घट्ने भएकाले लाखौं मानिसका लागि लाभदायक काम अत्यावश्यक हुने उनको भनाइ छ ।
दक्षिण एसियाको कृषि क्षेत्रमा परिवर्तन भइरहेको आईएपीआरआईका दक्षिण एसिया निर्देशक सहिदुर रसिदले बताए । ‘वास्ताविक ज्याला बढिरहेको छ । कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान घटिरहेको छ । साथै गैरकृषि क्षेत्रको रोजगारीले कृषि क्षेत्रलाई प्रभावित पारेको छ,’ उनले भने । www.ekantipur.com

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
