FLASH NEWS
  • Loading...

म्याग्दीमा ३ जना कोरना संक्रमित थपिए, ५ जना मुक्त भए

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ९२ पटक पढिएको
म्याग्दीमा ३ जना कोरना संक्रमित थपिए, ५ जना मुक्त भए

म्याग्दीमा थप तीन जनामा कोरना संक्रमित थपिएका छन । संक्रमितको संख्या ५ जना महिला समेत १९ पुगेको छ । यीमध्य शुक्रवार राती ५ जनाको पिसिआर रिपोर्ट नेगटिभ आएसँगै १० जना कोरना संक्रमण मुक्त भएका छन ।
स्वास्थ्य कार्यालय म्याग्दीले शुक्रवार राती ११ बजे जारी गरेको सूचना अनुसार भारतबाट फर्केर म्याग्दी क्याम्पस क्वारेन्टाईनमा रहेका मंगला गाउँपालिका, १ का २४ बर्षिय पुरुष, भारतबाट फर्केर बेनीको वेष्टपोईन्ट क्वारेन्टाईनमा रहेका रघुगंगा गापाका ४७ बर्षिय पुरुष र साउदीबाट फर्केर वेष्टपोईन्ट क्वारेन्टाईन रहेका रघुगंगा गापा, २ का २७ बर्षिय पुरुषमा कोरना भाईरस संक्रमण पुष्टी भएको हो ।
त्यसैगरी बेनी आईसोलेसनमा रहेका का कोरना संक्रमित मध्य एक जना पुरुषको तेस्रो, ३ पुरुषको दोस्रो र १ जना महिलाको दोस्रो पिसिआर रिपोर्ट नेगेटिभ आएसँगै उनीहरु कोरना संक्रमण भुक्त भएका छन । शुक्रवार पिसिआर नेगेटिभ आएका ५ जना बेनी आईसोलेसनबाट शनिवार घर फर्कने तयारीमा छन ।