FLASH NEWS
  • Loading...

हिमालमा उक्ले सलह

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ९६ पटक पढिएको
हिमालमा उक्ले सलह

भारतहुँदै चार दिन अघि नेपाल पसेको सलहको एउटा झुण्ड म्याग्दीनदी किनारै किनार धौलागिरी वेस क्याम्प तर्फ लागेको छ । अर्को थोरै संख्याका सलह मुस्ताङ्ग पनि पसेका छन ।
सलहको एउटा झुण्ड म्याग्दी नदी पछ्याउँदै ताकम, धौलागिरी हिमालमुनीका अन्तिम वस्ती मुदीबगराहुँदै वेस क्यम्प तर्फ लागेको हो । स्थानीयका अनुसार सलहको एउटा झुण्ड वस्तीको आकासबाट माथी धौलागिरी वेस क्याम्प तर्फ लागेको छ । केही सलह ताकम, मुना, लुलाङ्ग, खिवाङ, मुदी, बगारा वस्तीमा पनि खसेका/वसेका छन ।
‘फाट्टफुट्ट सलहहरु धौलागिरी गाउँपालिकाका वस्तीमा देखिएका छन । समुहमा आएको सलहको झुण्ड भने वस्ती नाघेर माथी हिमाल तिर लागेका छन’ धौलागिरी गाउँपालिका प्रमुख थमसरा पुनले भनिन, ‘वालीनाली पुरै ढाक्नेगरी सलह देखिएको छैन । फेरी थपिने पो हुन की त्यसैले सलहको झुण्ड देखे धुँवा लगाउने र वालीमा बसे मार्न अभियान चलाउन समुदायलाई भनेका छौं ।’
त्यसैगरी अर्को सानो झुण्ड पोखराबाट अन्नपूर्ण हिमालको फेदीबाट मुस्ताङ्ग पुगेको छ । सलहको स–साना समुह कास्कीको पोखरा, अन्नपूर्ण गाउँपालिकाहुँदै घोडेपानीकाटेर म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको घार, पाउद्धार, दानाहुँदै मुस्ताङ्गको लेतेसम्म देखिएका छन । कुनै समुहबाट हावाको झोक्काले केही टुक्राएर यता पुर्‍याएको स्थानीयले अनुमान गरेका छन ।
‘पुरै वाली नष्ट गर्ने संख्यामा नदेखिएपनि जिल्लाका प्राय: सवै वस्तीमा थोरैथोरै संख्यामा सलह देखिएको छ’ जिल्ला प्रकोप ब्यवस्थापन समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले भने, ‘थप सलह देखिए समुदाय परिचालन गरी मार्ने र धपाउनुको विकल्प देखेका छैनौं ।’

तस्वीर : रेशमबहादुर विक, लुलाङ ।