- Loading...
मुस्ताङका ८३ बर्षिय बृद्धले जिते कोरनाभाईरस
- पुनहिल डट कम
- ४ साल अघि
- ११० पटक पढिएको
हिमालपारीको जिल्ला मुस्ताङ्गका सुगर, प्रेसर समेतका दीर्घ रोगी ८३ बर्षिय कोरना संक्रमितले कोरनालाई जितेका छन ।
मुस्ताङको घरपझोङ गाउँपालिका, १ छैरो तिब्बती शरणार्थी क्याम्प वस्ने ति बृद्धले मंगलवार कोरना भाईरस जितेका हुन ।
गत कात्तिकमा जाडो छल्न काठमाण्डौ झरेका झरेका ८३ बर्षिय बृद्ध क्याम्प फर्कनेबेला लकडाउन भएपछि राजधानीमै रोकिएका थिए । लकडाउन खुकुलो भएपछि गत जेठ ३१ गते परिवारका अन्य सदस्यसहित २२ जनाको समुह घर फर्केको थियो । घर फर्कनेक्रममा मुस्ताङ नाकामा आरडिटी परिक्षण गर्दा पोजेटिभ आएपछि पिसिआर गर्दा असार ६ गते ति बृद्धलाई कोरना संक्रमण पुष्टी भएको थियो ।
बृदको दोस्रो पिसिआर टेष्ट रिपोर्ट मंगलवार नेगेटिभ आएको हो । बृद्ध सँगै एउटै गाडीमा आएका वसका कर्मचारीसमेत अन्य २४ जनाको पिसिआर रिपोर्ट पनि नेगेटिभ आएको छ ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङका अनुसार घरपझोङ गापा, १ छैरो तिब्बती शरणार्थी क्याम्पमा १ सय ६० जना बस्दै आएकोमा लकडाउनले केही पोखरा, काठमाण्डौ मै अड्केकोले हाल क्याम्पमा ९० जना रहेका छन ।