- Loading...
नेपालबाट आतंकवादी आक्रमणको खतरा देखाउँदै बिहारका सबै जिल्लामा हाइअलर्ट !
- पुनहिल डट कम
- ४ साल अघि
- २२७ पटक पढिएको

बिहारमा आतंकवादी घुसपैठको खतरालाई मध्यनजर गर्दै स्पेशल ब्रान्चले राज्यका सबै जिल्लामा हाइअलर्ट जारी गरेको बताइएको छ । समाचार एजेन्सी एएनआइको रिपोर्ट अनुसार तालिबान र जैश-ए-मोहम्मदका आतंकवादी नेपाल सीमाबाट बिहार प्रवेश गर्न सक्ने खतरा देखाइएको छ । पाकिस्तानी गुप्तचर एजेन्सी आइएसआइले ५ देखि ६ जना आतंकवादीलाई पठाउने योजना बनाएको रिपोर्टमा दावी गरिएको छ । यी आतंकवादीलाई पाकिस्तानी सेनाले प्रशिक्षित गरेको पनि दावी गरिएको छ ।
पछिल्लो समय नेपाल–भारत सीमा क्षेत्रमा तनाव बढेको छ । यससँगै भारतमा नेपालविरुद्ध प्रोपोगाण्डा फैलाउन सुरु भएको छ । हिजो मात्र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पनि नेपाल-भारत सीमा क्षेत्रमा कडाइ गर्न आदेश दिएका थिए । उत्तर प्रदेशसँगै बिहारले पनि हाइअलर्ट जारी गर्नुलाई नेपाललाई समस्यामा पार्ने नियतको रुपमा लिइएको छ । नेपालमा सबैभन्दा धेरै सामान बिहार–नेपाल सीमाबाट आउँछ । त्यसपछि सबैभन्दा धेरै आयात हुने उत्तर प्रदेशसँग जोडिएका नाकाबाट हो ।
भारतका नेपालसँग जोडिएका प्रदेशले यस्तो गर्नुलाई भोलि नाकाबन्दी लगाउने बाटो सहज गर्न खोजेको रुपमा पनि विश्लेषण गरिएको छ । अहिले आतंकवादी आक्रमणको आशंकाको नाममा हाइअलर्ट जारी गरिएपछि भविष्यमा नाकाबन्दीका लागि बलियो विकल्प हुने रुपमा भारतले अलर्ट जारी गरेको हुन सक्ने आशंका गरिएको छ । भारतले नेपाललाई समस्यामा पार्न सबैभन्दा बलियो हतियारको रुपमा नाकाबन्दीलाई प्रयोग गर्दै आएको छ ।
रिपोर्टमा दावी गरिएअनुसार भारतको नेशनल इन्भेस्टिगेशन एजेन्सी (एनआइए)को कन्ट्रोल रुममा एक धम्कीपूर्ण इमेल आएको छ जसमा गृहमन्त्री अमित शाह र भाजपाका अन्य नेताहरुलाई आतंकवादीको हिट लिस्टमा रहेको भनिएको छ । स्पेशल ब्रान्चको तर्फबाट जारी गरिएको आइअलर्टमा कश्मिरी आतंकवादीहरु जैश-ए-मोहम्मद, अल कायदा जस्ता संगठन, पाकिस्तान, तालिबान र अफगानिस्तानका मुस्लिम कट्टरपन्थीको गतिविधिमा निगरानी गर्न भनिएको छ ।
हाइअलर्टमा इस्लामिक आतंकवादी संगठनहरु, लेफ्ट विंगका उग्रवादीहरु, पूर्वोत्तरका विद्रोही संगठनहरु र जुन भीभीआइपीहरुलाई खतरा हुन सक्छ उनीहरुमाथि निगरानी गर्न भनिएको छ । कुनै पनि क्षेत्रमा भीभीआइपीको भ्रमण पूरा हुँदासम्म आफ्नो इलाकामा गिरानी राख्न पनि भनिएको छ । धम्कीपूर्ण पत्र पठाउने र भीभीआइपी लोकेसनको आसपास संदिग्ध स्तिथिहरुमा घुम्नेहरुमाथि पनि निगरानी गर्न भनिएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
