FLASH NEWS
  • Loading...

म्याग्दीमा २ जना संक्रमित थपिए, संख्या १६ पुग्यो

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ८१ पटक पढिएको
म्याग्दीमा २ जना संक्रमित थपिए, संख्या १६ पुग्यो

म्याग्दीमा थप दुई जनामा कोरना संक्रमित थपिएका छन । संक्रमितको संख्या ५ जना महिला समेत १६ पुगेको छ । यीमध्य ६ जना कोरना मुक्त भएका छन ।
स्वास्थ्य कार्यालय म्याग्दीले आईतवार दिउँसो ४ बजे जारी गरेको सूचना अनुसार कुवेतबाट फर्केकी धौलागिरी गाउँपालिका, ६ की ४० बर्षिया महिला र ओमनबाट फर्केकी बेनीनगरपालिका, ३ की ३० बर्षिया महिलामा कोरना संक्रमति पुष्टी भएको हो ।
‘स्वाब संकलन गरिएकामध्य ५जनाको मात्र रिपोर्ट आउन बाँकी छन । संक्रमित सवैको स्वास्थ्य अवस्था सामान्य छ’ स्वास्थ्य कार्यालय प्रमुख एकनारायण लम्सालले भने, ‘संक्रमित दुवै जनालाई आईतवारसाँझसम्म आईसोलेसनमा सार्ने तयारी भएको छ ।’
संक्रमित दुवै जना न्युवेष्ट पोईन्ट क्वारेन्टाईनमा बसेका थिए । म्याग्दीमा भेटिएका प्राय: संक्रमण न्यू वेष्टपोईन्ट क्वारेन्टाईनमा बसेकामा देखिएकोले पुराना संक्रमितले प्रयोग गरेका ओढ्ने/ओछ्याउने समेत कोठा सरसफाईमा ख्याल पुगेन कि भन्ने आशंका बढाएको छ ।