- Loading...
‘मलाई गणना गर, समावेश गर’
- पुनहिल डट कम
- ६ साल अघि
- २८० पटक पढिएको
पुनहिल– २७ औं अन्तराष्ट्रिय अपाङ्गता दिवस म्याग्दीमा पनि विविध कार्यक्रमगरी मनाईएको छ ।
अपाङ्ग संघ, बौद्धिक अपाङ्गता अभिभावक संघ र बेनी नगरपालिका स्तरीय अपाङ्गता सञ्जालको आयोजनामा बेनीको विरेन्द्रचोकबाट विभिन्न अपाङ्गता अधिकार उल्लेखित प्ले कार्डसहित र्यालीले बगार परिक्रमा गरी सभामा परिणत भएको थियो ।
‘अपाङ्गता भएका ब्यक्रिहरुकालागी शसक्तिकरण तथा समावेशी र समानताको सुनिश्चिताता’ भन्ने मुल नारा सहित आयोजना गरिएको अपाङ्गता दिवस मुल समारोह जिल्ला समवन्यय समितिका संयोजक देवेन्द्रबहादुर केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा बेनी नगरपालिकाका मेयर हरीकुमार श्रेष्ठ, उपमेयर सन्जु बरुवाल समेतका वक्ताले अपाङ्गताको अवस्था र सरोकारवालाले निर्वाह गर्नु पर्ने भुमिकाको बारेमा चर्चा गरिएको थियो ।
अपाङ्ग संघ म्याग्दीका अध्यक्ष गोपाल केसीका अनुसार उक्त अवसरमा दुई जना दृष्टीविहीनलाई सेतो छडी, दुई जनालाई सादा लठ्ठी र दूई जनालाई बैशाखीगरी ६ जना अपाङ्गता भएका ब्यक्तिलाई सहायता सामाग्री वितरण गरिएको थियो ।