FLASH NEWS
  • Loading...

म्याग्दीमा ६ जना कोरना संक्रमित थपिए, संख्या १४ पुग्यो

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १०३ पटक पढिएको
म्याग्दीमा ६ जना कोरना संक्रमित थपिए, संख्या १४ पुग्यो

विहिवार विहानै म्याग्दीमा ६ जना कोरना संक्रमित थपिएका छन । जिल्लामा कोरना संक्रमितको संख्या १४ पुगेको छ । यीमध्य २ जना निको भएर घर फर्केका छन ।
स्वास्थ्य कार्यालय म्याग्दीले विहान जारी गरेको सूचना अनुसार भारत र कुवेतबाट फर्केर बेनीको न्यू वेष्टपोईन्ट कलेज क्वारेन्टाईनमा रहेका मंगला गाउँपालिका, १ का ३५ र २० बर्षिय पुरुष, सोही गापा ३ र ४ का २६ र २३ बर्षिय पुरुष, बेनी नगरपालिका, ४ का १७ बर्षिय पुरुष र जेठ ३० गते कुवेतबाट फर्केकी बेनी नपा, ३ की २६ बर्षिया महिलामा कोरना संक्रमण पुष्टी भएको हो ।
नयाँ थपिएका ६ जना र आईसोलेनमा रहेका ६ जना गरी सवै १२ जनाको स्वास्थ्य अवस्था राम्रो रहेको छ । नयाँ संक्रमितलाई क्वारेन्टाईनबाट आईसोलेसनमा स्थानन्त्रणको तयारी भैरहेको स्वास्थ्य कार्यालय प्रमुख एकनारायण लम्सालले बताए ।
स्वास्थ्य कार्यालयका अनुसार जिल्लाबाट २ सय ७० पिसिआर टेष्ट गर्दा २१९ वटाको नेगेटिभ र १६ वटा नेगेटिभ आएको (निको भै घर गएका ब्यक्तीको
दोस्रो र तेस्रो परिक्षण समेत) आएको छ । स्वाव संकलनगरी पठाईएकामध्य ३५ जनाको पिसिआर टेष्ट रिपोर्ट आउन बाँकी रहेको छ ।