FLASH NEWS
  • Loading...

यस्तो छ, आजको मौषम

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २०८ पटक पढिएको
यस्तो छ, आजको मौषम

आज गण्डकी प्रदेशका हिमालपारीका मुस्ताङ, मनाङबाहेक सवै जिल्ला समेत देशभरको मौषम वदली भएको छ ।

मनसुनको न्यून चापीय रेखा भोलिबाट नेपालको पूर्वी भू-भाग नजिकै रहने देखिएकोले आगामी केही दिन मनसुनी गतिविधि बढ्न गई देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनुका साथै  प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत संभावना  रहेको छ । ती क्षेत्रका नदीमा पानीको वहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायात  प्रभावित हुने संभावना  रहेको हुनाले  सबैले आवश्यक सतर्कता अपनाउन मौषम पूर्वानुमान महाशाखाले सचेत गराएको छ ।

 असार १० गते (बुधबार)

दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको  संभावना रहेको छ।

रातीः  देशको सबै प्रदेशहरुका अधिकांश स्थानहरुमा पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको  संभावना रहेको छ। प्रदेश १, प्रदेश २, कर्णाली र गण्डकी प्रदेश का थोरै स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।