FLASH NEWS
  • Loading...

मालिका गाउँपालिकाको छैठौं सभाले नीति तथा कार्यक्रम पारित

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १०० पटक पढिएको
मालिका गाउँपालिकाको छैठौं सभाले नीति तथा कार्यक्रम पारित

मालिका गाउँपालिकाको आईतवार सम्पन्न छैठौं गाउँसभाले आगामी आर्थिक बर्ष ०७७/०७८ कालागी नीति तथा कार्यक्रम पारित गरेको छ ।
अध्यक्ष श्रीप्रसाद रोकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषी उत्पादन, पुर्वाधार विकास तथा कोभिड–१९ रोकथाम तथा नियन्त्रणसहित स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिईएको छ ।
त्यसैगरी विदेशबाट फर्केका युवाकालागी कृषी, पशुपालन लगाएत उत्पादन मुलक ब्यवसायमा उत्प्रेरित गर्ने र अनुदानको ब्यवस्था गर्ने, महिला उद्यमशिलता, आत्मनिर्भर कृषी, पशुपालन, सकडको स्तरउन्नत र खानी उद्योग संञ्चालनलाई नीति तथा कार्यक्रममा प्राथमिकता दिइएको उपाध्यक्ष खरमायाँ विटालुले बताईन ।