FLASH NEWS
  • Loading...

म्याग्दीमा २ जना कोरना जितेर घर फर्के

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १०५ पटक पढिएको
म्याग्दीमा २ जना कोरना जितेर घर फर्के

कोरना संक्रमण भै बेनी आईसोलेसनमा रहेका दुई जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि शनिवार खादा ओढाएर सम्मानसहित घर पठाईएको छ ।
कोरना जितेका
मंगला गाउँपालिकाका १९ बर्षिय पुरुष र मालिका गाउँपालिकामा रहेका ३० बर्षिय पुरुषलाई शनिवार बेनीको खुल्ला मञ्चमा प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले खादा ओढाई सम्मान सहित घर पठाएका हुन । विदाई गर्दै प्रजिअ ढकालले घर फर्केपछि पनि कम्तीमा एक साता घरमै एकान्तवास वस्न अनुरोध गरे ।
‘परदेशबाट धेरै समयपछि घर फर्केर पनि क्वारेन्टाईन र आईसोलेसनमा लामो समय विताउँदा घर–परिवारको अवस्य अत्यार लागेको छ । तर पनि संयम नगुमाउनु होला, परिवारको मायाँ तपाईको संयममा बढी छ’ खादा ओढाएपनि प्रजिअ ढकालले भने, ‘सके छुट्टै कोठा, शौचालय प्रयोग गर्नुस नसके सामाजिक दुरी कायम गरी शौचालय र आफुले प्रयोग गरेका समाग्री आफै सरसफाई गर्नु होला ।’


कोरना जितेर घर फर्केपछि अहिलो बेनी आईसोलेसनमा थप दुई जना कोरना संक्रमित रहेका छन । आईसोलेसनमा रहेका तेस्रो संक्रमित बेनी नगरपालिका, ३ का ४९ बर्षिय पुरुषको दोस्रो स्वाब परिक्षण भने पोजेटिभ आएको छ । शुक्रवार साउदीबाट फर्केका मालिका गाउँपालिकाका २९ बर्षिय चौथो पुरुषमा कोरना देखिएको हो ।