- Loading...
गण्डकीमा थपिए १८ संक्रमित, कुल सङ्ख्या २२३ पुग्यो
- पुनहिल डट कम
- ४ साल अघि
- ८७ पटक पढिएको
गण्डकी प्रदेशमा कोभिड– १९ बाट सङ्क्रमित भएकाहरूको सङ्ख्या २ सय २३ पुगेको छ ।
गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता तथा स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. बिनोदबिन्दु शर्माले विज्ञप्ति मार्पmत यसको पुष्टि गरेका छन् ।
मङ्गलवार नयाँ पुष्टि भएकाहरूमा स्याङ्जाको चापाकोट नगरपालिका घर भएका १८, ३५, ३९ र १८ वर्ष उमेरका ४ जना पुरुष, गोरखाको गोरखा नगरपालिका घर भएका ३१ बर्सिया महिला सहित ३२, ३५, २१, २६, ५३, २९ र २५ वर्ष उमेरका ७ जना पुरुष गरी ८ जना, गोरखाकै बारपाक सुलीकोट गाउँपालिका ५३ र २५ बर्सिया २ जना महिला, नवलपुर बिनयत्रिवेणी गाउँपालिकाका १ जना १८ वर्षीय पुरुष, मध्यबिन्दु नगरपालिकाका १९ वर्षीय १ जना पुरुष, कास्कीको पोखरा महानगरपालिकाका २१ वर्षीय १ जना पुरुष र बागलुङको ताराखोला गाउँपालिकाका ३४ वर्षीय १ जना पुरुषमा सङ्क्रमणको पुष्टि भएको हो ।
डा. शर्माका अनुसार मङ्गलवार नयाँ थपिएका १८ जना नै रोजगारीको सिलसिलामा भारतमा रहेर लकडाउनको अवधिमा नेपाल फर्किएकाहरू हुन् । स्वास्थ्य अवस्था सामान्य रहेका उनीहरूलाई सम्बन्धित जिल्लामा निर्माण गरिएका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ ।