FLASH NEWS
  • Loading...

चन्द समूहकी पोलिटब्यूरो सदस्य उमा भुजेल पक्राउ

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २८२ पटक पढिएको
चन्द समूहकी पोलिटब्यूरो सदस्य उमा भुजेल पक्राउ

सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द तेतृत्वको नेकपाकी पोलिटब्यूरो सदस्य उमा भुजेल पक्राउ परेकी छिन्।

उनलाई केहीदिन अघि जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको थियो। भुजेलविरुद्ध गोरखामा सार्वजनिक शान्ति विरुद्धको मुद्दा दर्ता भएकाले उनलाई हिजो नै गोरखा पठाइएको थियो।

कैलालीबाट आज गोरखा ल्याएपछि जिल्ला प्रहरी कार्यालयले उनलाई जिल्ला अदालतमा उपस्थित गराएको छ। कैलालीबाट आज ल्याइएको र आजै आवश्यक कानूनी प्रक्रियाका लागि जिल्ला अदालत गोरखा उपस्थित गराइएको गोरखाका एसपी ओमप्रसाद अधिकारीले बताए।

“उनीमाथी मुद्दा चलिरहेको थियो। पक्राउपछि हामीले कानूनी प्रक्रियाका लागि अदालतमा उपस्थित गराएका छौं”, उनले भने, “बाँकी कुरा अदालतको विषय रह्यो।”