FLASH NEWS
  • Loading...

दरवाङ्ग क्वारेन्टाईनका युवालाई खोलाले बगाउँदा वेपत्ता

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १३९ पटक पढिएको
दरवाङ्ग क्वारेन्टाईनका युवालाई खोलाले बगाउँदा वेपत्ता

मालिका गाउँपालिका,  दरवाङ्ग स्थित क्वारेन्टाईन बसेका धौलागिरी गाउँपालिका, ७ धारापानीका १९ बर्षिय राजेश थापालाई मंगलवार दिउँसो २ बजे म्याग्दी नदीले बगाउँदा वेपत्ता छन ।
भारतबाट फर्केर बेनीको क्वारेन्टाईनमा ७ दिन बसेपछि स्वाब परिक्षणमा नेगेटिभ आएपछि थापासमेत १७ जनालाई सोमबार मात्र मालिका गाउँपालिकाको जनप्रीय मावि क्वारेन्टाईनमा स्थानन्त्रण गरिएको थियो ।
क्वारेन्टाईन रहेको भवन पछाडी पट्टी नुहाईधुवाई गर्न गएका थापालाई म्याग्दी नदीले बगाएपछि खोजी भैरहेको प्रहरीले जनाएको छ । ‘क्वारेन्टाईनमा बसेका राजेश थापालाई नदीले बगाउँदा वेपत्ता छन । खोजी भैरहेको छ’ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक ध्रव शर्माले बताए ।
चर्को घामले छाना मुनी गर्मी भएपछि थापा नुहाउन नदीमा पसेका र नुहाउने क्रममा बगाएको पारीपट्टीबाट स्थानीयले देखेपछि प्रहरीलाई खवर गरेको गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगरले बताए ।