FLASH NEWS
  • Loading...

शिखकी गर्भवतीको हेलिकोप्टरबाट उद्धार

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ९७ पटक पढिएको
शिखकी गर्भवतीको हेलिकोप्टरबाट उद्धार

अन्नपूर्ण गाउपालिका, ५ शिखकी एक गर्भवतीको आईतवार हेलिकोप्टरबाट उद्धार गरिएको छ ।
गर्भमा जुम्ल्याहा वच्चा रहेको र निरन्तर रक्तश्राव भएपछि उच्च जोखिममा रहेकी गर्भवती नर्दिता गर्वुजालाई गण्डेक प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनको अगुवाईमा हेलिकोप्टरबाट उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (साविक गण्डकी अस्पताल) पुर्‍याईएको हो ।
पुनको सचिवालय सदस्य प्रकाश पौडेलका अनुसार अधिक रक्तश्रावबाट सिकिस्त गुर्वजाको उद्धारमा केही ढिलाई भएको भए गर्भवती र गर्भमा शिसुको नै ज्यान जोखिममा थियो । स्थानीय शिख स्वास्थ्यचौकीमा सुत्केरी गराउन असंभव भएपछि स्वास्थ्यकर्मीले तुरुन्त बेनी वा पोखरा पुर्‍याउन सुझाएका थिए ।

तस्वीर प्रकाश पौडेल