- Loading...
नेपालको प्रसंगसमेत जोडेर पाकिस्तानी प्रधानमन्त्रीले भने- ‘मोदी सरकार नाजी जस्तो विस्तारवादी’
- पुनहिल डट कम
- ४ साल अघि
- १५७ पटक पढिएको

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतको मोदी सरकारले विस्तारवादी नीति लिएको आरोप लगाएका छन्। आज साँझ ट्वीट गर्दै प्रधानमन्त्री खानले मोदी नेतृत्वको भारत सरकारले नाजीको जस्तो विस्तारवादी नीति लिएको आरोप लगाएका हुन्।
मोदी सरकारलाई ‘हिन्दूत्व श्रेष्ठतावादी’ भन्दै उनले अभिमानी र विस्तारवादी नीति लिएको भारत छिमेकीका लागि खतरा भएको उल्लेख गरेका छन्। नागरिकतासम्बन्धी कानून ल्याएर बंगलादेशका लागि खतरा भएको भारत नेपाल र चीनका लागि सीमा विवादले र पाकिस्तानलाई आक्रमणको धम्की दिएकाले खतरा भएको खानले ट्वीटरमा लेखेका छन्।
भारतले जम्मुकस्मिरलाई जेनेभा कन्भेन्सनविरुद्ध गाभेर युद्ध अपराध गरेको उल्लेख गरेका पाकिस्तानी प्रधानमन्त्री खानले लेखेका छन्– ‘भारतका अल्पसंख्यकलाई दोस्रो दर्जामा झारेको फासिस्ट मोदी सरकार उनीहरूका लागि मात्रै होइन क्षेत्रीय शान्तिकै लागि खतरा भएको छ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
