FLASH NEWS
  • Loading...

ढुङ्गा प्रहारगरी बाबुको हत्या

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ९१ पटक पढिएको
ढुङ्गा प्रहारगरी बाबुको हत्या

आर्थिक विषयमा बाबु–छोरा विच विवाद हुँदा बेनी नगरपालिका, १ रत्नेचौर सीमका कुमार थापा मगर (२१)ले बाबु मीनबहादुर थापा (४९)लाई ढुङ्गा प्रहार गरी हत्या गरेका छन ।
शनिवार राती १० बजे बाबुछोरा विच घरमै आर्थिक विषय र पारिवारिक विषयमा विवादहुँदा कुमारले बाबुको टाउकोमा ढुङ्गा प्रहार गरेपछि गम्भीर घाईते मीनबहादुरलाई छिमेकीले राती नै बेनी अस्पताल पुर्‍याएका थिए । जिल्लामा उपचार नहुने भएपछि घाईतेलाई पोखरा स्थित मणीपाल शिक्षण अस्पताल पुर्‍याईएकोमा आईतवार दिउँसो ४ बजे उपचारक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बाबुको अनुमति विना विभिन्न वित्तिय संस्थाहरुबाट लाखौं ऋण लिएर नतिरेपछि बाबुछोरा विच लामो समयदेखी मनमुटाव भै झगडा हुने गरेको छिमेकीहरुले जनाएका छन ।
‘बाबुलाई ढुङ्गा प्रहारगरी हत्या गर्नेलाई आईतवार साँझ नै घर नजिकै लुकेको अवस्थामा नियन्त्रणमा लिएर थप अनुसन्धान थालेका छौं’ जिल्ला प्रहरी प्रमुख डिएसपी किरणजंग कुँवरले भने, ‘आर्थिक कारण नै मुख्य विवादको मुख्य कारण देखिएको छ । बाँकी अनुसन्धान भैरहेको छ ।’